बार्सिलोनाको रोमाञ्चक जित
सारांश
- बार्सिलोनाले रियल बेटिसलाई ५-३ ले पराजित गर्दै ला लिगामा जित हासिल गर्यो।
- खेलको सुरुमा बेटिसले अग्रता लिए पनि बार्सिलोनाले छिट्टै पुनरागमन गर्यो र ह्याट्रिक गर्यो।
- बार्सिलोनाले ५ गोल गर्यो भने बेटिसले २ गोल फर्कायो, बार्सिलोनाले महत्वपूर्ण ३ अंक जोड्यो।
काठमाडौँ । ला लिगामा शनिबार भएको रोमाञ्चक खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–३ ले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। खेल सुरु देखिनै दुवै टोली आक्रामक शैलीमा उत्रिए पनि बार्सिलोनाको नतिजा आफ्नाे पक्षमा पार्न सफल भयाे ।
रियल बेटिसले खेलको छैटौँ मिनेटमै एन्टोनीमार्फत गोल गर्दै अग्रता लिएको थियो तर, त्यो खुशी धेरैबेर टिकेन। ११औँ मिनेटमै फरान टोरेसले बराबरी गोल गरे र त्यसपछि १३औँ र ४०औँ मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। बार्सिलोनाका रोनी बार्डघ्जीले ३१औँ मिनेटमा अर्को गोल थपे।
दोस्रो हाफमा लमिन यामालले ५९औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनाको अग्रता ५–१ बनाएका थिए। अन्त्यतिर बेटिसले पनि दबाब बढायो। ८५औँ मिनेटमा डिएगो लोरेन्टेले गोल गरे भने ९०औँ मिनेटमा कुचो हर्नान्डेजले पेनाल्टीबाट अर्को गोल फर्काए।
बार्सिलोनाले जित सुरक्षित गर्दै महत्त्वपूर्ण तीन अंक बटुलेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण