पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
मङ्गोलिया । मङ्गोलियाको बायान–उल्गी, उभ्स र खोभ्द जस्ता पश्चिमी प्रान्तहरूमा अत्याधिक चिसो शुरु भएको छ । यस वर्ष अत्यधिक जाडो मौसम ‘मशगम’ अनुभव गर्ने सम्भावना रहेको देशको राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन निकायले शनिवार जनाएको छ ।
मशगमको हालै गरिएको जोखिम मूल्याङ्कनले देखाएको छ कि देशको कुल भूभागको लगभग २० प्रतिशत यस जाडोमा मशगम अनुभव गर्ने उच्च जोखिममा छ । ३० प्रतिशतभन्दा बढी मध्यम जोखिममा छ । शनिवारसम्म देशको कुल भूभागको ७० प्रतिशतभन्दा बढी भाग ३० सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको छ । जसले गर्दा यस जाडोमा अत्यधिक जाडो मौसम मशगम अनुभव गर्ने उच्च जोखिम बढेको छ । मशगम भनेको मङ्गोलियाली शब्द हो ।
जसले जमिन जमेको वा हिउँले ढाकिएको कारणले गर्दा ठूलो संख्यामा पशुधन मर्दा अत्यधिक चिसो जाडोलाई वर्णन गर्दछ । मंगोलिया यसको कठोर महाद्वीपीय हावापानीको लागि परिचित छ । जहाँ लामो, चिसो जाडो र छोटो गर्मी हुन्छ । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण