बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्छ : अर्थमन्त्री

आइतबार, २१ मङ्सिर २०८२, १० : ००
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमणलाई गलत भनेका छन्।
  • उनले निजी क्षेत्रको संरक्षण गर्नुपर्ने र निर्वाचन समयमै हुनुपर्ने कुरामा जोड दिए।
  • मन्त्री खनालले निर्वाचन सार्नु मुलुकलाई अनिश्चिततातर्फ लैजानु हो भने।

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण कुनै पनि हिसाबले ठिक नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आइतबार आयोजित १६औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समय पछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्छ ।’  

विधि ठिक भएन भने सुधार गर्न सकिने भएपनि सही मान्छेमाथि गलत कदम चालियो भने निरुत्साहित हुने अर्थमन्त्रीको भनाइ थियो   ।

‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिनका लागि सरकार तयार छ । त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभाबी टिप्पणी गर्न हुँदैन’, अर्थमन्त्री खनालले भने ।  

साथै जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि मात्रै नभएको उनले बताए । 

अर्को प्रसङ्गमा उनले निर्वाचन अपरिहार्य रहेको बताए ।  अर्थमन्त्री खनालले भने, ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजान्छ । यसको अनेक क्रियाकलापहरूमा असर गर्छ । कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ । यसका लागि सकारात्मक माहौल हुनुपर्छ । यसका लागि सरकार लागि रेको छ ।’  

सबै दलहरूको सहमति र आम नागरिकको सहयोगबाट समयमा निर्वाचन गराइने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप