दीपकराज गिरी भने : सक्रिय राजनीति गर्नु छैन भने विपक्षी हुनु राम्रो
आइतबार, २१ मङ्सिर २०८२, १३ : ३०
सारांश
- कलाकार दीपकराज गिरीले सक्रिय राजनीति नगर्ने सोच भएका कलाकारलाई विपक्षीमा बस्न सुझाव दिएका छन्।
- उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै कुनै पनि दलको दास हुनुभन्दा विपक्षी हुनु राम्रो बताए।
- गिरीले राजनीतिमा लागेर प्रत्यक्ष राजनीति नगर्ने कलाकारलाई यस्तो सुझाव दिएका हुन्।
काठमाडौँ । कलाकार दीपकराज गिरीले सक्रिय राजनीति नगर्ने सोचले राजनीतिमा होमिन लागेका कलाकर्मीलाई विपक्षीमा बस्न सुझाव दिएका छन् । उनले आइतबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो सुझाव दिएका हुन् ।
उनी लेख्छन्– ‘यदि सक्रिय राजनीति गर्नु छैन भने कुनै पनि दल, कुनै एक समूह वा कुनै एक बिचारको दास हुनुभन्दा राम्रो गर्दा तारिफ र नराम्रो गर्दा आलोचना गरेर सदाबहार विपक्षी हुनु राम्रो ।’
गिरीले राजनीतिमा लाग्ने तर प्रत्यक्ष राजनीति नगर्ने भन्दै अभिव्यक्ति दिँदै आएका केही कलाकर्मीलाई यस्तो सुझाव दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण