जनार्दन शर्माको संयोजकत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन तथा वार्ता संवाद समिति
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन प्रयोजनका लागि जनार्दन शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
- पार्टीले आगामी केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा समिति गठन गरेको छ।
- विधान मस्यौदा समितिको संयोजकत्व जगप्रसाद शर्मा रहने निर्णय गरियो।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले निर्वाचन प्रयोजनका लागि संरक्षक जनार्दन शर्माको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रलोपाको केन्द्रीय कार्यालय तीनकुनेमा आइतबार बसेको अध्यक्ष परिषद्को बैठकले कार्यदल गठन गरेको हो । यसैगरी आगामी केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा समितिको संयोजकत्वमा समिति गठन गरिएको छ । विधान मस्यौदा समितिको संयोजकत्वमा जगप्रसाद शर्मा रहेका छन् ।
यस्ता छन् तीन निर्णय
१. निर्वाचन परिचालन तथा वार्ता संवाद समिति जर्नादन शर्माको संयोजकत्वमा सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यामी भट्टराई लगायत चार सदस्य रहने निर्णय गरियो ।
२. आगामी केन्द्रीय समितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन मस्यौदा समिति राम कार्कीको संयोजकत्वमा सन्तोष परियार, डा.जनक शाह र मोनिका निरौला लगायत चार सदस्य रहने निर्णय गरियो।
३. विधान मस्यौदा समिति जग प्रसाद शर्माको संयोजकत्वमा कृष्ण प्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले र रुकसाना कपाली लगायत पाँच सदस्य रहने निर्णय गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण