बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इन्डिगोको उडान सेवा सामान्य बन्दै

आइतबार, २१ मङ्सिर २०८२, २२ : ४६
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • इन्डिगोले आफ्नो उडान सेवा सामान्य अवस्थामा फर्काएको छ, हाल १३७ गन्तव्यमा उडान सुरु गरेको छ।
  • कम्पनीले १५ डिसेम्बरसम्मका बुकिङहरू क्यान्सिल वा रिसेड्युल गर्दा शुल्क नलाग्ने जनाएको छ।
  • नागरिक उड्डयन मन्त्रालयका अनुसार इन्डिगोको सेवामा सुधार आएको छ र उडान संख्या बढ्दै गएको छ।

काठमाडौँ। भारतको निजी विमान कम्पनी इन्डिगोले आफ्नो उडान सेवा तीव्र गतिमा सामान्य अवस्थामा फर्किरहेको जनाएको छ । कम्पनीका अनुसार उसका १३८ गन्तव्यमध्ये १३७ गन्तव्यमा उडान सञ्चालन भइसकेका छन् ।

इन्डिगो अहिले १,६५० भन्दा धेरै उडान सञ्चालन गर्ने अवस्थामा पुगेको छ, जुन शनिबारका १,५०० उडानभन्दा बढि हो ।

कम्पनीले एक्समा पोस्ट गर्दै १५ डिसेम्बरसम्मका बुकिङहरू क्यान्सिल वा रिसेड्युल गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिएको छ। साथै, रिफन्ड र सामान फिर्ता प्रक्रियाहरू पनि जारी रहेको बताइएको छ ।

नागर विमानन मन्त्रालयका अनुसार इन्डिगोको सेवा सुधारिएको छ र यसको उडान तालिका क्रमशः सामान्य अवस्थामा फर्किरहेको छ । मन्त्रालयका अनुसार ५ डिसेम्बरमा ७०६ उडान रहेको इन्डिगोको सेवा ६ डिसेम्बरमा १,५६५ उडानमा पुगेको थियो र आइतबारसम्म १,६५० उडान सञ्चालन हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप