मत्स्यपालनका समस्या समाधानका लागि पहल गर्छु: कृषि मन्त्री परियार
सारांश
- कृषि मन्त्री परियारले मत्स्यपालनका समस्या मन्त्रालयमा पेश गर्न आग्रह गरे ।
- उनले माछाको उत्पादन बढाउन आवश्यक सुझाव दिन आग्रह गरे, र आफूले पहल गर्ने बताए ।
- मन्त्रीले डिडिसी र कालिमाटी बजारस्थित माछापोखरीको पनि अवलोकन गरे ।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले मत्स्यपालनसम्बन्धीका समस्या मन्त्रालयसमक्ष पेस गर्न आग्रह गरेका छन् ।
आइतबार माछापोखरीस्थित ‘केन्द्रीय मत्स्यपालन प्रवर्द्धन तथा संरक्षण केन्द्र’ अवलोकनपछि आयोजित छलफलमा उनले माछाको दाना, गुणस्तरीय नश्ल वा जातका भुरा माछाको विकास तथा सुधार, व्यवस्थित ढुवानी, गुणस्तरीय बरफ उत्पादन, कच्चापदार्थ स्वदेशमै उत्पादन, विद्युत् आपूर्तिलगायत सुधार गर्नुपर्ने विषयमा अध्ययन गरेर सुझाव दिन अनुरोध गरेका हुन्। उनले सुझावको आधारमा समग्र मत्स्यपालनको क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “मत्स्य उत्पादन क्षेत्रको सम्भावना निकै राम्रो रहेकाले माछा उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खायन माछामा पूर्णरुपमा आत्मनिर्भर हुने दिशामा केन्द्रले कार्यक्रम सञ्चालन गर्नुपर्छ, मन्त्रालयलाई सोही बमोजिमको नीतिगत पृष्ठपोषण गर्नुपर्ने छ, यी समग्र विषयमा अध्ययन गरी प्रतिवेदन दिए भने मलाई काम गर्न सजिलो हुन्छ ।”
उनले आजै दुग्ध विकास संस्थान (डिडिसी) र कालिमाटी फलफूल तथा तरकारी बजारअन्तर्गत माछापोखरीमा रहेको बजार र चोभारमा निर्माण भएको भवन संरचनाको अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण