होइलन्डको दुई गोलमा नापोली सिरी एको शीर्ष स्थानमा, युभेन्टस पराजित
सारांश
- रास्मस होइलन्डको दुई गोलको मद्दतले नापोलीले युभेन्टसलाई २-१ ले पराजित गर्यो।
- म्यानचेस्टर युनाइटेडबाट लोनमा आएका होइलन्डले नापोलीका लागि दुवै गोल गरे।
- जितसँगै नापोली ३१ अंकका साथ सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
रोम । रास्मस होइलन्डको उत्कृष्ट प्रदर्शनमा नापोलीले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गर्दै सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
म्यानचेस्टर युनाइटेडबाट लोनमा नापोली आएका डेनमार्कका फरवार्ड होइलन्डले दुवै गोल गरेका थिए। उनले पहिलो गोल गर्दै साविक विजेता नापोलीलाई अग्रता दिलाएका थिए। तर, युभेन्टसका केनान यिल्डिजले काउन्टर एट्याकबाट गोल गर्दै खेल बराबरीमा ल्याए।
यसपछि ७८औँ मिनेटमा होइलुन्डले नजिकबाट हेडमार्फत गोल गर्दै नापोलीलाई जित दिलाए। सेप्टेम्बरको सुरुमा इटली आएयता उनले सिरी ए र च्याम्पियन्स लिगमा नापोलीका लागि ६ गोल गरिसकेका छन्।
यस खेलमा पूर्व म्यानचेस्टर युनाइटेडका मिडफिल्डर स्कट म्याकटोमिनेले पनि गोल गर्ने अवसर गुमाएका थिए। यो जितसँगै नापोली ३१ अङ्कसहित सिरी ए को शीर्ष स्थानमा पुगेको छ।
दोस्रो स्थानमा इन्टर मिलानको ३० अङ्क छ। पराजित युभेन्टस भने २३ अङ्कका साथ सातौँ स्थानमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण