देश राम्रो बनाउने हो भने पार्टी राम्रो बनाउनुपर्छ : ज्ञवाली
सोमबार, २२ मङ्सिर २०८२, १३ : २९
सारांश
- एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी राम्रो भए देश राम्रो हुने बताए।
- उनले पार्टीले कार्यकर्ता र देशलाई प्रशिक्षित गर्नुपर्ने कुरामा जोड दिए।
- ज्ञवालीले लोकतान्त्रिक प्रक्रियाबाट समाज परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी राम्रा भए मात्र देश राम्रो हुने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।
‘पार्टी राम्रो भए भने देश राम्रो हुन्छ । पार्टी बिग्रियो भने देश पनि बिग्रन्छ’, ज्ञवालीले भने, ‘लोकतन्त्रमा देशलाई राम्रो बनाउने हो भने सबभन्दा पहिला पार्टी राम्रो बनाउनुपर्छ । नेता कार्यकर्ता राम्रा र इमानदार हुनुपर्छ ।’
उनले पार्टीले कार्यकर्तालाई मात्र नभएर सिङ्गो देशलाई प्रशिक्षित गर्ने भन्दै त्यस्तो पार्टी बनाउन सक्नुपर्ने बताए ।
‘हाम्रो जस्तो पार्टीले पार्टीमात्र होइन देश बनाउने हो, समाज बनाउने हो’, उनले जबजको सार र रूप भनेकै समाज बदल्न आफू बदलिनुपर्ने भन्दै लोकतान्त्रिक प्रक्रियाबाट त्यो बाटोमा जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण