बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गोरखाबाट प्रत्यक्षमा मात्रै कांग्रेसका १६ जना आकांक्षी

सोमबार, २२ मङ्सिर २०८२, १६ : ४३
सोमबार, २२ मङ्सिर २०८२

पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाबाट आकांक्षीहरुले नाम टिपाएका छन् । कांग्रेसले मातहतका कमिटीलाई परिपत्र पठाएर प्रत्येक क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारका आकांक्षीको नाम संकलन गर्न भनिसकेको छ । 

गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ ९ जनाले आकांक्षा देखाएका छन् । निवर्तमान सांसद राजेन्द्र बजगाईंसहित नेताहरु प्रेम खत्री, चीनकाजी श्रेष्ठ, भूगोल थापा, युवराज बस्ताकोटी, जनार्दन अर्याल, पूर्णबहादुर दाहाल, जानुका पन्त र डिल्लीराज तिमिल्सिनाले उम्मेदवार बन्न नाम टिपाएका छन् । 

समानुपातिकतर्फ ६ जनाले नाम दर्ता गराएका छन् । ईश्वर पाण्डे, कमला लामिछाने, हरिबहादुर गान्धारी, परशुराम भट्ट, जगत बराम र सन्तबहादुर गुरुङले समानुपातिकमा आकांक्षा देखाएका हुन् । क्षेत्र नम्बर १ बाट राष्ट्रियसभाका लागि जीवनप्रेम श्रेष्ठको नाम परेको छ ।

क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ सातजना आकांक्षीहरुले क्षेत्रीय समितिमा नाम दर्ता गराएका छन् । पूर्व प्रदेश सांसद प्रकाशचन्द्र दवाडी सहित नेताहरु दीपकबाबु कँडेल, नवीन श्रेष्ठ, वेदप्रसाद काप्री, ओमबहादुर गुरुङ, फणीन्द्र धिताल र मोहनप्रकाश पोखरेलले नाम दर्ता गराएका हुन् । समानुपातिकतर्फ पनि ७ जनाकै आकांक्षा छ ।

अम्बिका न्यौपाने, शोभा अधिकारी, मनोजप्रसाद धिताल, मनकुमारी गुरुङ, ईश्वरबहादुर परियार, सलाउद्दीन मियाँ र रविकला खनालको नाम समानुपातिक सूचीमा राख्न निवेदन परेको क्षेत्रीय समितिले जनाएको छ । राष्ट्रियसभातर्फ केन्द्रीय सदस्य अब्दुल सतार, पूर्व जिल्ला सभापति हरिबहादुर घले सहित पीताम्बर बडु र राजनदेव भट्ट आकांक्षी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप