बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियामा आजबाट १६ वर्षमुनिका सबैका लागि फेसबुक लगायत सबै सामाजिक सञ्जालमा प्रतिबन्ध

बुधबार, २४ मङ्सिर २०८२, ०९ : ३४
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ।
  • सामाजिक सञ्जालका जोखिमबाट जोगाउन यो कानुन ल्याइएको हो, अटेर गरे जरिवाना लाग्नेछ।
  • फेसबुक, इन्स्टाग्राम लगायतका १० प्लेटफर्मलाई निशाना बनाइएको छ, डेनमार्क र मलेसिया पनि यस्तै तयारीमा छन्।

काठमाडौँ । अस्ट्रेलियाले आज बुधबारबाट लागु हुने गरी १६ वर्षभन्दा मुनिको उमेरका सबै बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको कानुन लागु गरेको छ । सामाजिक सञ्जालका कारण उत्पन्न हुने विविध जोखिम तथा खराबीबाट बालबालिकालाई जोगाउनका लागी उक्त कानुन ल्याइएको जनाइएको छ । 

अघिल्लो वर्ष व्यापक समर्थनमा अघि सारिएको मापदण्ड अनुसार अब अस्ट्रेलियामा कार्यरत सामाजिक सञ्जालका प्लेटफर्महरूले १६ वर्ष भन्दा मुनिका किशोर-किशोरीहरूका सञ्जाल खाता निष्क्रिय पार्नुपर्ने छ । यदि त्यस्तो प्रावधान लागु गर्न अटेरी गरेको खण्डमा अस्ट्रेलिया सरकारले ३ करोड २० लाख अमेरिकी डलरसम्मको जरिवाना लगाउन सक्नेछ ।

आजबाट लागु हुने कानुनले मूलतः १० वटा प्लेटफर्मलाई निशाना बनाएको छ । जसमा फेसबुक, इन्स्टाग्राम, किक, रेडिट, स्नापच्याट, थ्रेड्स, टिकटक, एक्स तथा युट्युब लगायत पर्छन् । ती कम्पनीहरूले अशट्रेलियाले सुरु गरेको कानुन मान्ने घोषणा गरेका छन् । केहिले त कानुन लागु हुने दिन अगावै नाबालकका खाता बन्द गरिसकेका छन् । 

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले त्यहाँका बालबालिकाको मानसिक स्वास्थ्यमा प्रतिकुल असर नपरोस् भनेर यस्तो कदम चालिएको हो । उनी भन्छन् 'सामाजिक सञ्जालमा हामीले लगाएको प्रतिबन्धले हाम्रा केटाकेटीहरूलाई उनीहरूको बाल्यकाल फिर्ता दिनेछ' । उनी थप्छन् ' अब केटाकेटीहरूको बाल्यकाल राम्रो हुनेछ । त्यसमा कुनै समस्या नआओस् भन्ने ख्याल गर्नु ज्यादै महत्त्वपूर्ण हो'।

यसैगरी डेनमार्क र मलेसिया पनि बालबालिकाहरूलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप