गायिका अन्जु पन्तको चेतावनी- ‘पैसा फिर्ता नदिए नाम र फोटो सार्वजनिक गर्छु’
बुधबार, २४ मङ्सिर २०८२, ११ : ५१
१
सारांश
- चर्चित गायिका अन्जु पन्तले पैसा फिर्ता नगर्ने व्यक्तिलाई नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छिन्।
- उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाली साङ्गीतिक क्षेत्रका एक व्यक्तिले पैसा फिर्ता नगरेको बताएकी हुन्।
- अन्जु पन्तले पैसा फिर्ता नदिने व्यक्तिलाई कानुनी कारबाहीमा जानुपर्ने अवस्था आउनसक्ने भन्दै फ्यानहरुसँग सुझाव मागेकी छिन्।
काठमाडौँ । चर्चित गायिका अन्जु पन्तले आफूसँग पैसा लिएर पनि फिर्ता नदिने व्यक्तिलाई नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै यस्तो चेतावनी दिएकी हुन् ।
नेपाली साङ्गीतिक क्षेत्रका एक चर्चित व्यक्तिले आफूसँग पैसा लिएर पनि फिर्ता नदिएको उनको उनको भनाई छ ।
आफ्नो पैसा लानेलाई फटाहा सम्बोधन गर्दै उनी लेख्छिन्, ‘नेपालको संगीतक्षेत्रमा नाम चलेका एकजना महासयले १५ दिनमा दिन्छु भनेर लगेको मेरो पैसा भोलि दिन्छु, पर्सी दिन्छु भन्दै भाका राख्दा राख्दै ५ महिना कटिसक्यो । अझै भाका राख्न छोडेका छैनन् । आजपनि भाका नै राखेका छन् । अव के गरौँ ?’
उनले नाम, फोटो भिडियो सार्वजनिक गरी कानुनी कारबाहीमा जानैपर्ने बाध्य होला जस्तो भन्दै त्यो अवस्था नआउन के भन्नुहुन्छ तपाईँहरू भन्दै फ्यानसँग सल्लाह सुझाव समेत मागेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण