नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने सब–इन्जिनियर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा बराहक्षेत्र नगरपालिकाका सब-इन्जिनियरविरुद्ध मुद्दा दायर गरेको छ।
- शिव नारायण मण्डलले नक्कली प्रमाणपत्रको आधारमा सरकारी सेवामा प्रवेश गरी बढुवा समेत लिएका थिए।
- अख्तियारले मण्डलविरुद्ध कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको र बढुवा समेत लिएको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सब-इन्जिनियर शिव नारायण मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट हाईस्कुल तह प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनी नक्कली लब्धांक पत्र र मडैया बलुवा उच्च विद्यालयको नक्कली ‘स्कुल लिभिङ सर्टिफिकेट’ पेस गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
आयोगकाअनुसार उनले सोही नक्कली प्रमाणपत्रका आधारमा जिल्ला विकास समितिको कार्यालय, सुनसरीमा मिति २०५३ साउन १ गते सहायक सब–ओभरसियर (रा.प.अनं. द्वितीय सरह) पदमा स्थायी नियुक्ति लिएका थिए। त्यसपछि मिति २०६७ माघ ७ गते उनी सहायक इन्जिनियर पदमा बढुवा समेत भएका थिए।
नक्कली प्रमाणपत्र पेस गरेर सरकारी ओहोदा, तलब, भत्ता तथा अन्य सुविधा लिएको पुष्टि भएपछि आयोगले मण्डलविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाहरु बमोजिम कैद र जरिवानाको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण