बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । कञ्चनपुरस्थित बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथसहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
उपाध्यक्ष नाथसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव इन्जिनियर तेज बहादुर सुनारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूले एक आपसमा मिलेमतो गरी निर्माण नै नगरेको/नभएकोमा जग्गामा घर छ भनी नक्सा अभिलेखीकरण/ घर प्रमाणित गर्ने लगायतका गलत कागजात तयार पार्ने/पार्न लगाउने कार्य गरी भ्रष्टाचारजन्य कार्य गरेको स्थापित भएको भन्दै उक्त कार्यमा संलग्न विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हाे ।
यस्ताे छ अख्तियारले विशेष अदालतमा दायर गरेकाे भ्रष्टाचार मुद्दा
कञ्चनपुर, बेलडाँडी गाउँपालिकाका २ बस्ने शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नं. २ स्थित कित्ता नं. ३५७ क्षेत्रफल ४०० बर्ग मिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गरी जग्गा / घर धितोमा राखी लक्ष्मी सनराईज बैंकबाट ऋण लिएको उक्त कार्य गर्नका लागि जग्गाधनी प्रमुख प्रशासकीय अधिकृतसमेतका कर्मचारीहरुले मिलोमतो गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा कञ्चनपुर जिल्ला, बेलडाँडी गाउँपालिका, वडा नं. २ बस्ने शान्ती नाथले आफ्नो जेथाले खाम्ने भन्दा अत्यधीक बढी बैंकबाट ऋण लिने वदनियतले घर भवन नभएको जग्गामा घर भवन छ भन्ने झुट्टा नक्सा तयार पारी निजको नाउँमा दर्ता कायम रहेको कञ्चनपुर जिल्ला, साविक बेलडाँडी ८ मा रहेको कित्ता नं. ३५७ मा घर रहेकोले घर अभिलेखीकरणका लागि सेती कन्सल्टेन्सी प्रा.लि.ले तयार गरेको घरको नक्सासहित बेलडाँडी गाउँपालिकामा निवेदन दिएको, बेलडाँडी गाउँपालिकाको घरनक्सा पास / अभिलेखीकरण सम्बन्धी कुनै पनि मापदण्ड / कानून निर्माणसमेत नरहेको अवस्थामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले उक्त कित्ता नं. ३५७ क्षेत्रफल ४०० बर्गमिटर जग्गामा बनेको पक्की भवनको ग्राउण्ड फ्लोरको क्षेत्रफल ६९१.१३ ब.फि. भवनको १ सटर ३ कोठा १ गेलरी र सिडी, पहिलो तला सोही नापको भवनमा ३ कोठा १ गेलरी र १ सिढी र दोश्रो तलाको सोही नापको भवनमा १ किचन र १ सिढीसहित बनेको पक्की भवनको नक्सा अभिलेखीकरण /घर नक्सा प्रमाणित गरी हुँदै नभएको उल्लिखित झुट्टा तथ्य विवरण उल्लेख गरी गलत कागजात तयार पारेको देखिएको ।
बेलडाँडी गाउँपालिकाबाट प्रमाणित गरिएको नक्सा अभिलेखीकरण / घर प्रमाणितका आधारमा जग्गाधनी शान्ती नाथले लक्ष्मी सनराईज बैंक, कञ्चनपुर शाखाबाट मिति २०७८ ।१२।१० गते रु.२३,७५,०००।- र मिति २०७९।६।१३ गते रु.१०,००,०००।- गरी जम्मा रु.३३,७५,०००।- ऋण लिएको देखिंदा आयोगबाट खटिएको टोलीले स्थलगत रुपमा उपस्थित भई तयार पारेको मुचुल्कामा जिल्ला कञ्चनपुर, हाल बेलडाँडी गाउँपालिका, वडा नं. २ साविक बेलडाँडी गा.वि.स. वडा नं. ८ को कित्ता नं. ३५७ ज. वि. ४०० बर्गमिटरको जग्गामा कुनै पक्की घर / भौतिक संरचना निर्माण नभएको भनी किटानी रुपमा मुचुल्कामा उल्लेख भएको, नापी कार्यालय, बेलौरी, कञ्चनपुरबाट खटिएको टोलीको फिल्ड प्रतिवेदनमा समेत उल्लिखित जग्गामा शान्ती नाथको नाममा फिल्डमा कुनैपनि पक्की भौतिक संरचना निर्माण भएको नदेखिएको भनी किटानी रुपमा उल्लेख गरेको देखिएबाट प्रतिवादीहरु बेलडाँडी गाउँपालिका, कन्चनपुरका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव-इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव-इन्जिनियर तेज बहादुर सुनार र जग्गाधनी शान्तीनाथ समेतले एक आपसमा मिलेमतो गरी निर्माण नै नगरेको/नभएकोमा उक्त जग्गामा घर छ भनी नक्सा अभिलेखीकरण/ घर प्रमाणित गर्ने लगायतका गलत कागजात तयार पार्ने पार्न लगाउने कार्य गरी गराई भ्रष्टाचारजन्य कार्य गरेको स्थापित भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादी उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण