रास्वपामा समानुपातिक उम्मेदवारीका लागि म्याद थप
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी दिने म्याद थप गरेको छ । पार्टी सचिवालयको मङ्सिर २५ गते बसेको बैठकले म्याद पौष ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका नयाँ सदस्यहरूको आवश्यकता, उच्च संवाद समितिसँग भइरहेको सहकार्य तथा हालै जेनजी अगुवासँग सरकारबिच भएको सम्झौता लगायतका कारणले म्याद थप्नु परेको जनाएकाे हाे ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकीकरण प्रक्रिया बाट जोडिएका सदस्यहरूको प्राकृतिक आवश्यकता, उच्च संवाद समितिको तर्फबाट भइरहेको सम्भाव्य सहकार्य एवं एकता साथै जेनजी अगुवा र सरकारकारबिच भएको सम्झौतालाई ध्यानमा राखी उम्मेदवारी दिने म्याद पौष ५ गतेसम्म थप गरिएको छ।’
पार्टीले प्राप्त आवेदनहरूको छनोट प्रक्रिया सुरु गर्ने तयारी रहेको र परिस्थितिजन्य आवश्यकताका आधारमा कुनै पनि समय उम्मेदवारी आवेदन प्रक्रिया बन्द गर्न सकिने समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबिच ढुङ्गा हानाहान
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
नेपाल र जापानबिच ४१० मिलियन येन बराबरको अनुदान सम्झौता सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण