बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, कस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर ?

शुक्रबार, २६ मङ्सिर २०८२, ०५ : ३२
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ, जसको खरिद दर १४४.३० र बिक्री दर १४४.९० तोकिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जसलाई आवश्यकताअनुसार संशोधन गर्न सकिनेछ।

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १० पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ १२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.30 144.90
EUR  (European Euro) 1 169.09 169.79
GBP  (UK Pound Sterling) 1 193.12 193.92
CHF  (Swiss Franc) 1 181.18 181.93
AUD  (Australian Dollar) 1 96.10 96.50
CAD  (Canadian Dollar) 1 104.61 105.04
SGD  (Singapore Dollar) 1 111.55 112.02
JPY  (Japanese Yen) 10 9.26 9.30
CNY  (Chinese Yuan) 1 20.44 20.53
SAR  (Saudi Arabian Riyal) 1 38.45 38.61
QAR  (Qatari Riyal) 1 39.59 39.75
THB  (Thai Baht) 1 4.54 4.56
AED  (UAE Dirham) 1 39.29 39.45
MYR  (Malaysian Ringgit) 1 35.11 35.26
KRW  (South Korean Won) 100 9.80 9.85
SEK  (Swedish Kroner) 1 15.61 15.68
DKK  (Danish Kroner) 1 22.64 22.73
HKD  (Hong Kong Dollar) 1 18.54 18.62
KWD  (Kuwaity Dinar) 1 470.40 472.36
BHD  (Bahrain Dinar) 1 382.78 384.38
OMR  (Omani Rial) 1 374.80 376.36

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप