कांग्रेसका ३ प्रदेश सांसद केन्द्रको परिपत्र विपरीत उम्मेदवार सिफारिस
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि तीन प्रदेशका सांसदहरूको नाम सिफारिस गरेको छ, जुन पार्टीको केन्द्रको परिपत्र विपरीत छ।
- रुपन्देही-१ बाट अब्दुल रज्जाक, नुवाकोट-२ बाट बहादुरसिंह लामा, र पर्सा-३ बाट जनार्दनसिंह क्षेत्रीको नाम सिफारिस गरिएको छ।
- पार्टी केन्द्रले प्रदेशसभा सदस्यलाई उम्मेदवार सिफारिस नगर्न परिपत्र जारी गरेको थियो, तर त्यसको उल्लङ्घन भएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका तीन प्रदेश सांसद्को नाम प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको केन्द्रले गरेको परिपत्र विपरीत उम्मेदवार सिफारिस भएको छ । नेपाली कांग्रेसका रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १, नुवाकोट क्षेत्र नं २ र पर्सा क्षेत्र नं ३ ले केन्द्रको परिपत्र उल्लङ्घन गरेका हुन् ।
कांग्रेस केन्द्रले मङ्सिर १५, १७ र १८ गते परिपत्र गर्दै प्रदेशसभाका सदस्यमा बहाल रहेकालाई उम्मेदवार सिफारिस नगर्न भनेको थियो । ‘प्रदेशसभामा हाल बहाल रहनुभएका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा लेखिएको छ ।
त्यो परिपत्र उल्लङ्घन गर्दै रुपन्देही क्षेत्र नं १ ले पार्टीका पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य अब्दुल रज्जाकको नाम सिफारिस गरेको छ । बहालवाला केन्द्रीय सदस्य रज्जाक २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देही १ (ख)बाट निर्वाचित भएका थिए ।
त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाको नाम नुवाकोट क्षेत्र नं २ बाट सिफारिस गरिएको छ । क्षेत्रीय कार्यसमिति बैठकले लामाको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस गरेको हो । लामा २०७९ सालमा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नं २ को प्रदेशसभा (ख)बाट निर्वाचित भएका थिए ।
त्यस्तै, पर्सा क्षेत्र नम्बर ३ बाट पार्टीका जिल्ला सभापतिसमेत रहेका प्रदेशसभा सदस्य जनार्दनसिंह क्षेत्रीको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । क्षेत्री २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नं ३ को (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण