रुपन्देही १ बाट केन्द्रको परिपत्रविपरीत रज्जाक उम्मेदवार सिफारिस
सारांश
- रुपन्देही क्षेत्र नम्बर १ ले केन्द्रको परिपत्र विपरीत अब्दुल रज्जाकलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्यो।
- कांग्रेस केन्द्रीय कार्यालयले प्रदेशसभा सदस्यलाई उम्मेदवार सिफारिस नगर्न परिपत्र जारी गरेको थियो।
- रज्जाक २०७९ को प्रदेशसभा निर्वाचनमा रुपन्देही १ (ख) बाट निर्वाचित भएका थिए।
काठमाडौँ । नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर १ ले केन्द्रको परिपत्र विपरीत लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकको नाम प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।
मंगलबार बसेको क्षेत्रीय समितिले प्रत्यक्षतर्फ रज्जाकसहित, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति हिरा खत्रीले केन्द्रको परिपत्रले रोके पनि रज्जाकको आग्रहलाई नकार्न नसकी सिफारिस गरिएको जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यालयले मंसिर १८ गते परिपत्र गर्दै प्रदेशसभाका सदस्यमा बहाल रहेकालाई उम्मेदवार सिफारिस नगर्न भनेको थियो । ‘प्रदेशसभामा हाल बहाल रहनु भएका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा लेखिएको छ । त्यो परिपत्रविपरीत पार्टीका पूर्व रुपन्देही सभापति र बहालवाला केन्द्रीय सदस्य रज्जाक आफ्नो जोडबलमा सिफारिस भएका हुन् ।
रज्जाक २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देही १ (ख)बाट निर्वाचित भएका थिए । समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको खत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण