पूर्वराजाको ‘भान्जा’ बनेर ठग्ने अनुप सिंह फेरि पक्राउ
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा हुँ’ भनेर ठग्ने अनुप कुमार सिंहलाई प्रहरीले पुनः पक्राउ गरेको छ । ठगी गरेको आरोपमा सिंहलाई झापाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
काठमाडौँ महानगरपालिका–२७ असन घर भएर ललितपुर बस्दै आएका सिंह भारत भाग्दै गरेको अवस्थामा झापाको धुलाबारीबाट पक्राउ गरेका हुन् । उनीसँगै उनका सहयोगी दोलखा घर भएका लड्डु श्रेष्ठ पनि पक्राउ परेका छन् ।
बेलायतमा पूर्व राजपरिवारको लगानीमा ड्रिमल्याण्ड नामको होटल सञ्चालनमा आउन लागेको भन्दै सिंहले सिन्धुली घ्याङलेकका ५० जना भन्दा धेरैलाई ठगेको आरोप छ । आफूलाई मनोज कुमार भनेर चिनाउने सिंह यसअघि पनि ठगी मुद्दामा पक्राउ परेर २०८१ चैत १ मा जेल चलान भएका थिए । जेलबाट छुटेपछि उनले फेरि ठगी धन्दा सुरु गरेको अनुसन्धानबाट थाहा भएको एसपी आचार्यले बताए ।
आरोपीहरू विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । आफू हिमानी ट्रस्टमा समेत आबद्ध भएको बताउने सिंह विरुद्ध अहिलेसम्म ४२ जना पीडितले जाहेरी दरखास्त दिएका छन् । अहिलेसम्म सिंह र उनका सहयोगी श्रेष्ठविरुद्ध ४ करोड ठगेको उजुरी आएको आचार्यले जानकारी दिए ।
सिंहले काठमाडौँको ज्ञानेश्वरमा सञ्चालन गरेको कार्यालयबाट प्रहरीले सरकारी छाप र बेलायतको नक्कली भिसा बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण