इसेवाको १३ औँ साधारण सभा सम्पन्न : नगद लाभांश र बोनस सेयर पारित
सारांश
- इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारण सभा काठमाडौंको मेरियट होटलमा सम्पन्न भयो।
- सभाले ८०.५३ प्रतिशत नगद लाभांश र ३१.५८ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो।
- अध्यक्ष परशुराम कुँवर क्षेत्रीले वित्तीय अवस्था सुधारको प्रतिबद्धता जनाए।
काठमाडौं: नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
२०८२ मंसिर २४ गते बुधबार काठमाडौँको मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात र वित्तीय विवरणहरू पारित गरेको छ।
प्रमुख निर्णयहरू:
- लाभांश: कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पुँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (करसहित) पारित।
- बोनस सेयर: चुक्ता पुँजीको ३१.५८ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निर्णय पारित।
- सञ्चालक र लेखापरीक्षक: सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सुवास शर्मा र सौगात केसीलाई पुनर्निर्वाचन गर्नुका साथै आ.व. २०८२/८३ का लागि पीकेएफ टी आर उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गरिएको छ।
साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था उत्साहजनक रहेको र आगामी दिनमा यसलाई थप सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले नियामकीय अनुपालनप्रति शून्य सहनशीलता राख्ने बताउँदै सम्पूर्ण प्रयोगकर्ता, मर्चेन्ट र नियामक निकायहरूप्रति धन्यवाद ज्ञापन गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण