सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

शुक्रबार, २६ मङ्सिर २०८२, १९ : ४९
शुक्रबार, २६ मङ्सिर २०८२

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराकासले जनाएको छ।

दुई देशबीच खुला द्वन्द्व बढ्ने डरलाई मध्यनजर गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय भएको शुक्रबारको ‘डिपोर्टेशन’ उडान रद्द गरेको छ।

भेनेजुएलाको गृह मन्त्रालयले बिहीबार टेलिग्राममा भनेको छ, “भेनेजुएलाका नागरिकहरूको फिर्तीलाई ‘एकतर्फी रूपमा स्थगित गर्ने अमेरिकी सरकारको निर्णय’ भेनेजुएलाले शुक्रबार प्राप्त गरेको छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको महिनौँको दबाबपछि भेनेजुएलाको उडान निलम्बन गरिएको हो । अमेरिकाले यस क्षेत्रमा ठूलो नौसैनिक निर्माण भएको र कथित लागूऔषध तस्करी डुङ्गाहरूमा आक्रमण गरेको छ । आक्रमणमा करिब ९० जनाको ज्यान गएको छ।

वासिङ्टनले भेनेजुएलाको तटबाट एक तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो र बिहीबार भेनेजुएलाका नेता निकोलस मदुरोका आफन्तहरू र दक्षिण अमेरिकी देशको तेल ढुवानी गर्ने छ कम्पनीहरूविरुद्ध प्रतिबन्ध लगाएको थियो।

अमेरिकाको गृह मन्त्रालय र अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन कार्यालयले उडान रद्द भएको पुष्टि गर्न सोधिएको इमेलको तत्काल जवाफ दिइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप