सर्लाहीको चुरेवर्ती क्षेत्रमा साँढे ३ बिघा अवैध गाँजा खेती नष्ट
सारांश
- सर्लाहीको ईश्वरपुरमा प्रहरीले अवैध गाँजा खेती नष्ट गरेको छ।
- प्रहरी टोलीले करिब साढे ३ बिघामा लगाइएको गाँजा खेती पूर्ण रूपमा नष्ट गर्यो।
- स्थानीयले आम्दानीका लागि गाँजा खेती गरे पनि, यो नेपालमा अवैध छ।
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, पिपलदमारस्थित चुरेवर्ती क्षेत्रमा सुरक्षा निकायले ठुलो परिमाणमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाँके खोलै खोला हुँदै सिन्धुली नजिकको दुर्गम चुरेवर्ती भूभागमा पुगेका करिब साँढे ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती पूर्ण रूपमा नष्ट गरेको जनाएको छ ।
उक्त क्षेत्रमा अन्य कृषि बाली उत्पादन राम्रो नहुने भएकाले स्थानीयले आय-आर्जनका लागि लामो समयदेखि लुकीछिपी गाँजा खेती गर्दै आएको बताइएको छ । यद्यपि, स्थानीयका लागि यो सहज आम्दानीको माध्यम भए पनि नेपालको प्रचलित कानुनले गाँजा खेतीलाई पूर्ण रूपमा अवैधानिक मानेकाले प्रहरीले निरन्तर निगरानीसहित कारबाही जारी राख्दै आएको छ ।
सुरक्षा निकायले सो क्षेत्रका अन्य सम्भावित अवैध खेती तथा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निगरानी थप कडा गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण