बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

कोशी टप्पु : नेपालको पहिलो रामसार क्षेत्र (तस्बिरहरू)

शनिबार, २७ मङ्सिर २०८२, ०९ : १७
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • सन् १९७१ मा रामसार सन्धि इरानमा भएको थियो, जसको उद्देश्य सिमसार क्षेत्रको संरक्षण गर्नु हो।
  • कोशी टापु वन्यजन्तु आरक्षण नेपालको पहिलो रामसार क्षेत्र हो, जहाँ ५०० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन्।
  • अर्नाको वंशाणुमा खतरा, प्रदूषण, र मानव-वन्यजन्तु द्वन्द्वका कारण कोशी टप्पुको जैविक विविधतामा नकारात्मक असर परेको छ।

काठमाडौँ । संसारभरि सिमसार क्षेत्रको जैविक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको  संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा  रामसार सन्धि भएको थियो ।

हाल नेपालमा भएको १० वटा रामसार क्षेत्र मध्य कोशी टापु वन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो । सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलो मिटर रहेको छ ।

01-Koshi Tapu_NPL_1230

यहाँ ५०० भन्दा बढी प्रजातिका रैथाने र बसाइँ सर्ने चराहरू पाइन्छ । नेपालमा जङ्गली भैँसी (अर्ना)  यस क्षेत्रमा मात्र पाइन्छ । यहाँबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका अर्नाहरू भने त्यहाँ बाच्न सकेनन् ।      

02-Koshi Tapu_NPL_1233

कोसी टप्पुमा जङ्गली हात्ती, फ्याउरो, निलगाई, मलहा बिरालो, डल्फिन, मृग  जस्ता जनावरहरू पाइन्छ । सप्तकोसी नदीले कटान गरेर बनाएको यो संरक्षण क्षेत्र चरा पर्यटनको लागि  प्रख्यात छ । 

03-Koshi Tapu_NPL_1212

नेपालमा अर्नाहरूको अन्तिम विचरण गर्ने यस ठाउँमा अहिले भने खुला रूपमा घरपालुवा भैसीहरुसँग क्रस ब्रिड हुने हुनाले अर्नाहरूको वंशाणु  खतरामा परेको देखिन्छ । मान्छेहरूसँगको बढ्दो द्वन्द्व, सप्तकोसी प्रदूषण, अनियन्त्रित रूपमा माछा मार्ने, चराहरुको शिकार गर्ने, जस्ता घटनाहरुले हाल भने यस क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पारेको देखिन्छ । तस्बिर : दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी ।

04-Koshi Tapu_NPL_123605-Koshi Tapu_NPL_123106-Koshi Tapu_NPL_122307-Koshi Tapu_NPL_123708-Koshi Tapu_NPL_123909-Koshi Tapu_NPL_123210-Koshi Tapu_NPL_123811-Koshi Tapu_NPL_121012-Koshi Tapu_NPL_120013-Koshi Tapu_NPL_123514-Koshi Tapu_NPL_121115-Koshi Tapu_NPL_1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप