एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा नजाने
शनिबार, २७ मङ्सिर २०८२, ११ : ३८
सारांश
- एमालेको ११औँ महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने।
- कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी हुने।
- प्रचण्डले पनि एमाले महाधिवेशनमा सहभागी नहुने र भिडियो सन्देश पठाएका थिए।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुने बताइएको छ ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सहभागी हुने छैनन् । प्रचण्डले शुक्रबार नै कार्यक्रममा सहभागी हनु नसक्ने भन्दै एमालेलाई भिडियो सन्देश पठाएका थिए ।
एमाले महाधिवेशन भक्तपुरको सल्लाघारीमा जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केहीबेरमा महाधिवेशन उद्घाटन गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण