अवैध सरकारलाई समर्थन छैन : विप्लव
सारांश
- माओवादी महासचिव विप्लवले वर्तमान सरकार अवैधानिक भएको बताए।
- विप्लवले मुलुकको निकासका लागि सर्वपक्षीय सरकार गठनको माग गरे।
- एमालेको महाधिवेशनलाई शुभकामना दिँदै विप्लवले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिनुपर्ने बताए।
काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला नेतृत्वको सरकार अवैधानिक भएकाले समर्थन गर्न नसकिने बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दल विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै नेपाललाई कसैका अधीनमा लैजान नदिने बताए ।
उनले मुलुकको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड समेत दिए । ‘देश जटिल परिस्थितिमा छ । दल छन्, देश छ नेताहरू पनि छन् । तर आज राज्य कहाँ छ ? राज्य छ कि छैन भन्ने प्रश्न उब्जेको छ । यस्तो जटिल परिस्थितिमा महाधिवेशन हुन लाग्दैछ’, विप्लवले भने, ‘एमालेमाथि थुप्रै प्रश्न छ सायद त्यसको जवाफ दिन एमालेले यो कार्यक्रम गरिएको होला ।’
उनले अहिले संसारले एमालेको महाधिवेशनलाई हेरेको भन्दै सङ्कटको निकास दिन सक्छ भन्ने कि सक्दैन भनेर हेरिए पनि त्यो जवाफ दिन सफल भएको बताए । विप्लवले राजनीतिक दलहरूले यो देशमा धेरै दुःख गरेका छन् तर जनताका अपेक्षा अधुरै रहेको पनि बताए ।
‘परिस्थितिको तरलतालाई प्रयोग गर्दै साम्राज्यवादी तत्त्वहरूले संसारभर स्वार्थका निम्ति हाम्रा जस्ता देशका प्राकृतिक स्रोत साधन दोहन गर्न आफ्ना कठपुतली लाद्ने खेल चलिरहेको छ’, विप्लवले भने– ‘आज एमालेमा भयङ्कर हमला छ । हमला हुनुको एउटा कारण नेकपा एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान राख्दै आउनु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण