इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो
इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको उल्लेख गर्दै २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जनाएको छ । एजेन्सिका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अझै जारी रहेको छ ।
बिएनपिबीको तथ्याङ्क अनुसार करिब एक हजार २०० सार्वजनिक सुविधाहरूका साथै २१९ स्वास्थ्य सुविधाहरू, ५८१ शैक्षिक सुविधाहरू, ४३४ मन्दिरहरु २९० कार्यालय भवनहरू र १४५ पुलहरू क्षतिग्रस्त भएका छन् ।
यसैबीच, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले शुक्रबार आचेहको विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायको विभिन्न आधारभूत आवश्यकताहरू पूरा गर्न काम गरिरहेको बताउनु भएको छ ।
विपद्को समयमा सबैले मिलेर स्थितिमा सुधार गर्ने आशा व्यक्त गर्दै सरकारले आवाश्यक सहयोग गर्ने प्रबोवोले बताएका छन् ।
उनले सबै नागरिकहरूलाई स्थिर रहन र सामान्यीकरणको प्रक्रियामा आफ्नो उत्साह कायम राख्न आह्वान गर्दै बालबालिकाका लागि पढाइ र सिकाइ लगायत सामुदायिक गतिविधिहरू चाँडै सामान्य अवस्थामा फर्कन सक्ने आशा व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण