राफिन्हाको दुई गोलमा बार्सिलोना विजयी
आइतबार, २८ मङ्सिर २०८२, ०४ : ३५
सारांश
- शनिबारको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोलले पराजित गर्यो।
- खेलको ७०औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
- राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
काठमाडौँ । ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले निर्णायक भूमिका निभाए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले आक्रमणको गति बढायो । खेलको ७०औँ मिनेटमा राफिन्हाले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ८६ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
ओसासुनाले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।
जितसँगै बार्सिलोनाले तालिकामा महत्त्वपूर्ण तीन अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण