‘फास्ट एन्ड फ्युरियस’ सिक्वेलमा देखिन लागेका हुन् क्रिस्टियानो रोनाल्डो ?
एजेन्सी । हलिउड स्टार विन डिजेलको चर्चित चलचित्र श्रृखला ‘फास्ट एन्ड फ्युरियस’को विश्वभरि नै धेरै फ्यान छन् । निर्माता समेत रहेका डिजेलले चलचित्रमा चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो देखिन लागेको संकेत दिएका छन् ।
हालै डिजेलले रोनाल्डोसँगको एक तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै यस्तो संकेत दिएका हुन् । ‘फास्ट एन्ड फ्युरियस’ चलचित्र शृङ्खलामा विन डिजेलले अभिनय गर्दै आएका छन् ।
हालै डिजेलले इन्स्टाग्राममा क्रिस्टियानो रोनाल्डोसँगको फोटो साझा गर्दै क्याप्सनमा लेखेका थिए, ‘सबैले मलाई सोधेका छन् क्रिस्टियानो रोनाल्डो ‘फास्ट एन्ड फ्युरियस’को हुँदै छन् । त्यसैले म तपाईंहरूलाई भन्न चाहन्छु कि मैले उनका लागि एउटा भूमिका लेखेका छौँ ।’
एकतर्फ डिजेलले क्रिस्टियानो रोनाल्डोको बारेमा पोस्ट गरेका छन्, तर रोनाल्डोको तर्फबाट अहिलेसम्म यो खबरको पुष्टि भएको छैन । तैपनि दर्शकहरू चलचित्रमा यी दुईलाई सँगै हेर्न निकै उत्साहित छन् । ‘फास्ट एन्ड फ्युरियस’ अर्को वर्ष अप्रिलमा रिलिज हुने तालिका छ ।
द हलिउड रिपोर्टरका अनुसार डिजेलको आगामी ‘फास्ट एन्ड फ्युरियस’ अघिल्ला चलचित्रहरू भन्दा भिन्न हसनेछ । चलचित्रमा एक्सनको समेत दोहोरो डोज हुनेछ । ‘फास्ट एन्ड फ्युरियस’ले सडक दौड र सम्बन्धको महत्त्वलाई पनि उजागर गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण