सन्दीप लामिछानेले बीपीएल खेल्ने, राजशाही वारियर्समा अनुबन्ध
ढाका । नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने आगामी बंगलादेश प्रिमियर लिग (बीपीएल) २०२६ का लागि राजशाही वारियर्समा अनुबन्ध भएका छन् ।
यसअघि सन् २०१९ मा लामिछानेले बीपीएलकै सिलेट टाइटन्सबाट खेलेका थिए ।

लामिछाने धेरै वर्षदेखि विश्वव्यापी फ्रेन्चाइज क्रिकेटमा परिचित छन् । उनले आईपीएलसहित क्यारिबियन प्रिमियर लिग सीपीएल, बिग ब्यास लिग बीबीएल र क्यानडाको ग्लोबल टी–२० लिग जस्ता प्रमुख प्रतियोगिताहरूमा सहभागिता जनाइसकेका छन् ।
बंगलादेशका प्रशंसकहरूले लामिछानेलाई पछिल्लो पटक २०२४ को आईसीसी टी–२० विश्वकपमा नजिकबाट हेरेका थिए, जहाँ नेपालले समूह चरणमा बंगलादेशको सामना गरेको थियो । त्यस खेलपछि लामिछाने बंगलादेशी कप्तान नजमुल हुसेन शान्तोसँग लामो कुराकानीमा देखिएका थिए । उनै शान्तोले आगामी बीपीएल सिजनमा राजशाही वारियर्सको नेतृत्व गर्नेछन् र अब यी दुई टोली साथी बन्नेछन् ।
बंगलादेश प्रिमियर लिगको नयाँ सिजन डिसेम्बर २६ मा सुरु हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण