दुर्गा प्रसाईंका माग सम्बाेधन गर्न सरकारले बनायो समिति
सारांश
- सरकारले दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न समिति गठन गरेको छ।
- समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल रहेका छन्।
- महाअभियान र सरकारबीच मंसिर २२ गते छलफल भएको थियो, पुस २ गते अर्को बैठक बस्ने सहमति भएको छ।
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका माग सम्बाेधन गर्न सरकारले समिति बनाएको छ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानका माग सम्बाेधन गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी दिएको हो ।
महाअभियानले उठाएका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहने गरी आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले जानकारी दिए ।
उक्त समितिसँग वार्ता गर्नका लागि महाअभियानबाट पनि ३ जना प्रतिनिधिहरू सिफारिस गरी पठाउन आग्रह गरिएको छ ।
प्रधानमन्त्री कार्की र महाअभियानका पदाधिकारीबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंसिर २२ गते छलफल भएको थियो ।
छलफलमा पुस २ गते अर्को बैठक बस्ने सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण