गुगलमा सबैभन्दा धेरै खोजिएको ‘5201314’ के हो ?
सारांश
- गुगलको 'इयर इन सर्च' सूची अनुसार, 5201314 अंक २०२५ मा विश्वभर सबैभन्दा धेरै खोजिएको शब्द बन्यो।
- 5201314 चिनियाँ डिजिटल प्रेमको संकेत हो, जसको अर्थ 'म तिमीलाई जीवनभर माया गर्छु' हुन्छ।
- यो अंक सामाजिक सञ्जालमार्फत विश्वभर फैलिएको छ र युवा पुस्तामाझ 'डिजिटल प्रेम' को पहिचान बनेको छ।
काठमाडौँ । गुगलले हरेक वर्ष सार्वजनिक गर्ने ‘इयर इन सर्च’ सूचीले संसारभरका मानिसको चासो र मनोविज्ञान झल्काउँछ । सन् २०२५ को सूचीमा युद्ध, तनाव, युद्धविराम, मोक ड्रिल, ‘स्टाम्पिड’ र ‘मेडे’ जस्ता गम्भीर शब्दहरू धेरै खोजिए । तर यी सबैबिच एक अनौठो सात अङ्कको नम्बरले सबैको ध्यान तानेको छ । त्यो हो अङ्ग्रेजी अंक (5201314) ५२०१३१४।
देख्दा सामान्य अंक जस्तै लाग्ने यो नम्बर वास्तवमा प्रेम र भावनासँग जोडिएको छ । यही कारण २०२५ मा यो नम्बर विश्वभर सबैभन्दा धेरै खोजिने शब्दहरूमध्ये शीर्ष स्थानमा पुगेको हो ।
5201314 चिनियाँ इन्टरनेटबाट आएको डिजिटल प्रेमको संकेत हो । मन्दारिन भाषामा ५२० उच्चारण गर्दा ‘वो आइ नि’ (wǒ ài nǐ) जस्तै सुनिन्छ, जसको अर्थ हुन्छ, म तिमीलाई माया गर्छु। त्यस्तै १३१४ को ध्वनि ‘यी शेंग यी शि’ (yī shēng yī shì) जस्तो हुन्छ, जसको अर्थ जीवनभर हुन्छ । यी दुईलाई जोड्दा 5201314 बन्छ, जसको भावार्थ हुन्छ ‘म तिमीलाई जीवनभर माया गर्छु’।
पहिला चीनमै सीमित रहेको यो अंक कोड सामाजिक सञ्जालको प्रभावले विश्वभर फैलिएको हो । रिल्स, च्याट र प्रेम अभिव्यक्तिमा अहिले यो नम्बर व्यापक रूपमा प्रयोग हुन थालेको छ । भारतसहित दक्षिण एसियामा पनि युवापुस्ताबिच 5201314 ले ‘डिजिटल प्रेम’ को नयाँ पहिचान बनाएको छ।
अंक प्रयोग गरेर प्रेम व्यक्त गर्ने चलन नयाँ होइन । सामाजिक सञ्जालको आगमनभन्दा पहिल्यै ‘आई लभ यु’ को साटो ‘143’ लेख्ने चलन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण