भण्डारीलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाखको छात्रवृत्ति
सारांश
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका तिलक राज भण्डारीलाई प्रेसिडेन्सियल कलेजले १५ लाखको छात्रवृत्ति प्रदान गरेको छ।
- भण्डारीले लुम्बिनी लायन्सबाट खेल्दै एनपीएलको उपाधि जितेका थिए, र उनले बलिङमा महत्वपूर्ण योगदान दिए।
- उनले यू-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् र उनलाई नेपालको भविष्यको सम्भावना बोकेको स्पिनरको रूपमा हेरिएको छ।
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा 'प्रेसिडेन्सियल ग्र्याजुएट स्कुल इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट' घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।
थापागाउँ, बानेश्वरमा रहेको प्रेसिडेन्सियल ग्राजुएट स्कुल अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त छ। कलेजका अध्यक्ष लक्ष्मण केसीका अनुसार यो छात्रवृत्ति स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन वा आईटी संकायका कुनै पनि कोर्स अध्ययन गर्दा प्रयोग गर्न सकिन्छ।
बुटवलका २१ वर्षीय स्पिनर तिलक राज भण्डारीले यस वर्ष लुम्बिनी लायन्सबाट खेल्दै एनपीएलको उपाधि जितेका हुन्। लुम्बिनीलाई पहिलो पटक च्याम्पियन बनाउन उनले बलिङतर्फ महत्वपूर्ण योगदान दिएका थिए। उनले प्रतियोगिताभर ८ खेल खेल्दै ८ विकेट लिए।
शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई ६ रनले पराजित गर्दै उपाधि जितेको थियो। फाइनलमा तिलकले सुदूरपश्चिम विरुद्ध ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए। यसअघि उनले क्वालिफायर टु मा विराटनगर किंग्स विरुद्ध उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए र प्लेअर अफ दि म्याच पनि घोषित भएका थिए।
तिलकले यसअघि नेपालको यू-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् र आईसीसी यू-१९ पुरुष विश्वकप पनि खेलेका छन्। उनी लुम्बिनी प्रदेशबाट डोमेस्टिक क्रिकेट पनि खेल्दै आएका छन्। युवा लेग स्पिनर तिलकलाई नेपालको भविष्यको सम्भावना बोकेको स्पिनरको रूपमा हेरिएको छ। उनले एनपीएलको पहिलो संस्करण पनि लुम्बिनी लायन्सबाट खेलेका थिए र उनलाई दोस्रो संस्करणमा पनि टिमले राखेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण