ईश्वर समूहबाट यी हुन सक्छन् उपाध्यक्ष र सचिवका उम्मेदवार
सारांश
- एमाले महाधिवेशनमा ईश्वर पोखरेल पक्षले पदाधिकारी टुङ्गो लगाउन थालेको छ।
- ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे र उपाध्यक्षमा गोकर्ण विष्टको नाम निश्चित भएको छ।
- सचिवमा ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा लगायतको नाम फाइनल गर्ने तयारी छ।
काठमाडौँ। नेकपा (एमाले) को ११औँ महाधिवेशनमा संस्थापन अर्थात् केपी शर्मा ओली पक्षलाई आफ्नो प्यानल सार्वजनिक गर्न कठिन भइरहेका बेला ईश्वर पोखरेल पक्षले भने आफ्नो प्यानलका पदाधिकारी धमाधम टुङ्गो लगाउन थालेको छ।
नेताहरूका अनुसार ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने निश्चित भएको छ भने उपाध्यक्षमा गोकर्ण विष्टको पनि निश्चित भएको छ। उपमहासचिवमा योगेश भट्टराईको नाम कन्फर्म भएको छ।
त्यस्तै पाँच उपाध्यक्षमा विष्टबाहेक परशुमेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपालको लगभग टुङ्गिए पनि फाइनल हुन बाँकी रहेको बताइएको छ। पोखरेल समूहबाट सचिवमा ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गर्ने तयारी भएको छ।
‘यी नामहरू लगभग फाइनलजस्तै हुन्। तर केही छलफल पनि भइरहेको छ,’ ईश्वर पक्षका एक नेताले भने, ‘१० बजेभित्र उपमहासचिवको पनि टुङ्गो लाग्छ।’ एमालेको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण