इण्डोनेसियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
सारांश
- इन्डोनेसियाको सुमात्रामा बाढी र पहिरोमा परी १ हजारभन्दा बढीको मृत्यु भएको छ।
- बाढी र पहिरोले गर्दा २१८ जना अझै बेपत्ता छन् भने ठूलो संख्यामा सार्वजनिक सुविधाहरूमा क्षति पुगेको छ।
- इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले विपद् प्रभावित क्षेत्रको भ्रमण गरी सरकारले आवश्यक काम गरिरहेको बताए।
सुमात्रा । इन्डोनेसियाको सुमात्रा द्वीपका तीन प्रान्तमा गएको भीषण बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार २१८ जना मानिसहरू अझै बेपत्ता छन्।
यी विपद्हरूले पूर्वाधारमा पनि व्यापक क्षति पुर्याएको छ। बीएनपीबीको तथ्यांकमा करिब १ हजार २ सय सार्वजनिक सुविधाहरू क्षतिग्रस्त भएका छन्। यसमा २१९ स्वास्थ्य सुविधा, ५८१ शैक्षिक संस्था, ४३४ पूजास्थल, २९० कार्यालय भवन र १४५ पुलहरू समावेश छन्।
बीएनपीबीको डाटा तथा सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीले उप-जिल्ला स्तरमा डाटा प्रमाणीकरण र नागरिक अभिलेखसँग क्रस-रेफरेन्सिङको काम जारी रहेको बताएका छन्। उनले पीडितहरूलाई नाम र ठेगानाअनुसार प्रमाणित गरिरहेको र केही जिल्लामा यो प्रक्रिया अझै जारी रहेको जानकारी दिएका छन्।
यसैबीच, इन्डोनेसियाली राष्ट्रपति प्राबोवो सुबियान्तोले आचे प्रान्तका विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायका विभिन्न आधारभूत आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको बताएका छन्।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण