बारा–३ बाट देउवासहित १० जनाको नाम सिफारिस
सोमबार, २९ मङ्सिर २०८२, १० : ०५
सारांश
- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बारा क्षेत्र नम्बर ३ बाट शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ।
- निर्वाचनका लागि देउवासहित १० जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति प्रभात चौरसियाले जानकारी दिए।
- निर्वाचन नजिकिँदै जाँदा बारामा राजनीतिक दलहरू उम्मेदवार छनोटमा सक्रिय देखिएका छन्।
जनकपुरधाम । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाराको क्षेत्र नम्बर ३ बाट पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ।
प्रत्यक्षतर्फ देउवासहित केन्द्रीय सदस्य एवं निवर्तमान सांसद फर्मुल्लाह मन्सुर, जिल्ला सचिव मनोज भट्ट, परवेज अन्सारी, भोजराज भट्टराई, बजरङ्गी साह, जङ्गबहादुर चौरसिया, प्रकाश रिजाल, रविकरण साह र अम्बिका ठाकुर गरी १० जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति प्रभात चौरसियाले जानकारी दिए।
निर्वाचन नजिकिँदै जाँदा बारामा राजनीतिक दलहरू उम्मेदवार छनोटमा सक्रिय देखिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण