ओलीको टीमबाट को नेता कुन पदमा उम्मेदवार ?
सारांश
- काठमाडौंमा जारी एमालेको महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ।
- अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्।
- ओली समूहबाट महासचिवमा शंकर पोखरेल, उपाध्यक्षमा रामबहादुर थापा 'बादल' लगायतका नेताहरुको नाम तय भएको छ।
काठमाडौं । राजधानीमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । महाधिवेशनको सरगर्मी बढिरहँदा अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेका छन् ।
ओलीको टीमबाट पदाधिकारीमा उठ्ने नेताहरूको मोटामोटी खाका तयार भएको एक नेताले बताए । जसअनुसार ओली समूहबाट महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने तयारी गरेको छ । पोखरेललाई पुनः महासचिवको उम्मेदवार बनाउने गरी ओली निवास गुण्डुमा मोटामोटी समझदारी बनेको एक नेताले बताए ।
यसैगरी उपाध्यक्ष पदमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ ।
त्यस्तै, उपमहासचिव पदमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाल उम्मेदवार बन्नेगरी आन्तरिक सहमति बनेको छ ।
नेता ज्ञवालीले केही पदमा सहमति भए सबै पदमा औपचारिक रुपमा टुंगिन बाँकी रहेको बताए । उनले समेत आफूले महासचिव पाउनुपर्ने दाबी गर्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण