मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने तयारी भएको छ।
सोमबार सत्तारुढ छ दलसँग छलफल हुँदा मुख्यमन्त्रीले पुस ४ गते विश्वासको मत लिने गरी समझदारी भएको उपसभामुख बबिता कुमारी राउत ईशरले जानकारी दिइन् । त्यसअघि पुस २ गते पनि प्रदेश सभाको बैठक बोलाइएको उनले बताइन्।
यादव गत मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री पदमा नियुक्त भएका थिए भने मङ्सिर २१ गते शपथ लिएका थिए ।
यसअघि सात दलीय गठबन्धनले मङ्सिर २४ गते नै उनले विश्वासको मत लिने निर्णय गरे पनि त्यो पूरा हुन सकेको थिएन । विश्वासको मत लिन ढिलाइ भएका कारण उनले मन्त्रिपरिषद् विस्तारसमेत गर्न सकेका छैनन् ।
कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता यादव मङ्सिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले मङ्सिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण