एमाले महाधिवेशन
ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन् नयाँ अनुहार ?
सोमबार, २९ मङ्सिर २०८२, १६ : ५४
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भयो।
- अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारको सूची तयार पारेको छ।
- ओली पक्षले सचिवमा ६ जना नयाँ अनुहारलाई समेटेको छ, जसमा खगराज अधिकारी लगायत छन्।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारको सूची नै तयार पारिसकेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा यसअघि पदाधिकारी रहेका अनुहार नै समेटिएका छन् ।
ओली पक्षले सचिवमा भने ६ जना नयाँ अनुहार समेटेको छ । सचिवमा खगराज अधिकारी, यामलाल कँडेल, डा.राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेतलाई ओली पक्षले उम्मेदवार बनाएको छ । यी ६ जना अहिलेसम्म पदाधिकारी नबनेका अनुहार हुन् ।
यामलाल कँडेल, डा. राजन भट्टराई, भानुभक्त ढकाल, शेरधन राई, हिक्मतकुमार कार्की १०औँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य थिए । यस्तै सचिवमै उम्मेदवार बनाइएका बस्नेत भने यसअघि पोलिटब्यूरो सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण