पूर्वराष्ट्रपति भण्डारीकी मितिनी ओली प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवार
सारांश
- काठमाडौंमा जारी नेकपा एमालेको महाधिवेशनमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा उठ्ने तयारीमा छन्।
- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीलाई चुनौती दिँदै प्यानल बनाइरहेका छन्, तर ओलीले आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन्।
- ओलीको प्यानलबाट गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङ उपाध्यक्षमा र खगराज अधिकारी सचिवमा उम्मेदवार बनेका छन्।
पोखरा । काठमाडौँमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन प्रक्रियामा जुटेको छ । २ कार्यकाल अध्यक्ष भइसकेका केपी शर्मा ओली तेस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् भने हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई काउन्टर दिएका छन् ।
पोखरेलको प्यानल निर्माण आन्तरिक छलफलमै रहेका बेला ओलीले आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन् ।
ओलीको प्यानलबाट गण्डकी प्रदेशबाट पदाधिकारीमा ३ सहित करिब ५२ उम्मेदवारले टिकट पाएका छन् । त्यसमा आयोगका सचिवसमेत छन ।
पदाधिकारी अन्तर्गत उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङलाई अघि सारिएको छ । गुरुङले महासचिव दाबी गरे पनि उपाध्यक्षमा चित्त बुझाएका हुन् । सचिवमा महिलातर्फ पद्मा अर्याल दोहोरिएकी छन् । गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पनि सचिवमा टिकट पाएका छन् ।
रोचक विषय के छ भने प्रतिनिधि छनोटका क्रममा ईश्वर पोखरेल क्याम्पमा हिसाब गरिएकी मन्जुदेवी गुरुङ ओली क्याम्पबाटै केन्द्रीय सदस्य उम्मेदवार बनेकी छन् । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी हुन् ।
धेरैले उनी पोखरेल पक्षमै रहने आकलन गरेका थिए । उनी पोखरा महानगरकी उपमेयर हुन् । उनलाई ओली क्याम्पबाट आदिवासी जनजाति महिला कोटामा सदस्यको उम्मेदवार बनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण