अभिनेत्री बेनिशा भन्छिन् : फिल्ममै नभएको कुरा प्रचार गरे समर्थन गर्दिनँ
सारांश
- अभिनेत्री बेनिशा हमालले फिल्ममा नभएको कुरा टिजरमा देखाएको भन्दै आपत्ति जनाइन्।
- उनले यस्तो अभ्यासको समर्थन नगर्ने र फिल्मलाई समर्थन नगर्ने बताइन्।
- हमालले १४ वर्षको फिल्म करियरमा व्यावसायिक आचरणको पालना गरेको उल्लेख गरिन्।
काठमाडौँ । अभिनेत्री बेनिशा हमालले फिल्ममै नभएको कुरा देखाइएको टिजर प्रचारमा आफू हिस्सा नबन्ने बताएकी छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले त्यस्तो फिल्मलाई समर्थन समेत नगर्ने उनको भनाइ छ ।
‘यदि फिल्ममै नभएको कुनै कुरा केबल प्रचारका लागि टिजरमा देखाइन्छ भने, म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ’, उनी अगाडि लेख्छिन्– ‘तर परिस्थिति जस्तोसुकै भए पनि, मैले सधैँ मानिसहरूको मूल्य र मर्यादाको सम्मान गरेको छु । एक कलाकारको हैसियतले के साझा गर्ने र के नगर्ने भन्ने सिमाना मलाई स्पष्ट छ । फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्ति प्रति म असहमत छु ।’
उनले १४ वर्षदेखि फिल्म क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै मैले सधैँ आफ्नो कामलाई सम्मान गरेको बताएकी छन् । उनी भन्छिन्, ‘म पेसागत आचरणमा विश्वास गर्छु र मानिसहरूको भावनाको सधैँ कदर गर्ने प्रयास गर्छु ।’
बिताएको १४ वर्षमा कहिले राम्रो टिम र कहिले कहिले कम पेसागत टिमसँग काम गरेको अनुभव आफूसँग रहेको समेत उनले बताएकी छन् । बेनिशा अभिनित पछिल्लो फिल्म ‘बिगुल’ को टिजर अहिले सार्वजनिक भएको भएको छ । टिजरमा सार्वजनिक भएको केही समयमै बेनिशाले दिएको अभिव्यक्तिलाई धेरैले फिल्मप्रति लक्षित भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण