केन्द्रको निर्देशनविपरीत पूर्वमुख्यमन्त्री शाहीलाई उम्मेदवार सिफारिस
सारांश
- नेपाली कांग्रेस हुम्लाले केन्द्रको निर्देशनविपरीत जीवनबहादुर शाहीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ।
- पार्टीले बहालवाला सांसदलाई उम्मेदवार सिफारिस नगर्न निर्देशन दिएको थियो, तर स्थानीय भावनाको कदर गर्दै शाहीको नाम सिफारिस गरियो।
- प्रतिनिधिसभा प्रत्यक्षतर्फ शाहीसहित तीन जना र समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि अन्य व्यक्तिको नाम सिफारिस गरिएको छ।
सुर्खेत । नेपाली कांग्रेस हुम्लाले पार्टी केन्द्रको परिपत्र र निर्देशनविपरीत कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं वर्तमान प्रदेश सभा सदस्य जीवनबहादुर शाहीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ ।
शाही अहिले प्रदेश सभा संसदीय दलका नेतासमेत हुन् ।
कांग्रेस केन्द्रीय समितिले हाल पदमा रहेका सांसदहरूलाई उम्मेदवार सिफारिस नगर्न परिपत्र जारी गरे पनि हुम्ला जिल्ला कार्य समितिले त्यसलाई लत्याउँदै शाहीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
आगामी निर्वाचनका लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फ शाहीसहित तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुने अन्यमा जयपति रोकाया र रिताकुमारी शाही रहेका छन् । सिफारिस गरिएकामध्ये जीवनबहादुर शाही र जयपति रोकाया संस्थापन (देउवा) पक्षका हुन् भने रिताकुमारी शाही संस्थापन इतर (शेखर) पक्षकी नेतृ हुन् । उनी संविधान सभा सदस्यसमेत हुन् भने यदि जीवनबहादुर शाहीले प्रतिनिधि सभा सदस्य चुनाव लड्न नपाए उनी सम्भावित उम्मेदवार नै हुन् ।
पार्टीको केन्द्रीय परिपत्रमा बहालवाला सांसदलाई पुनः उम्मेदवारको रूपमा सिफारिस नगर्न स्पष्ट निर्देशन छ । तर उम्मेदवारको सूचीमा रहेकी रिताकुमारी शाहीले जीवनबहादुर शाही जिल्लाको ठुलो नेता भएको र स्थानीय कार्यकर्ताको भावनाको कदर गर्नुपर्ने भएकाले सम्मानस्वरूप नाम सिफारिस गरिएको बताइन् ।
केन्द्रको परिपत्र भए पनि जिल्लाको विशिष्ट परिस्थितिका कारण यो निर्णय लिइएको उनको भनाइ छ ।
यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ बल बहादुर लामा, तारा बहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ । यस्तै राष्ट्रिय सभा सदस्य खुलातर्फ पदम बहादुर लामाको नाम एकल सिफारिस गरिएको छ भने महिलातर्फ रंगमति शाही र सविता बुढाको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण