मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

दुर्गा प्रसाईंले बनाए सरकारसँग वार्ता गर्न समिति

सोमबार, २९ मङ्सिर २०८२, १८ : १७
सोमबार, २९ मङ्सिर २०८२

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न समिति बनाएको छ ।

सरकारको आह्वानमा महाअभियानले प्रेमदिप लिम्बुको संयोजकत्वमा वार्ता समिति बनाएको हो । समितिमा देवी प्रसाद संग्रौला र प्रेम थापा मगर सदस्य छन् । 

आइतबार महाअभियानका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूको सम्बन्धमा सरकारले सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा तीन सदस्यीय आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेको थियो ।

प्रधानमन्त्री कार्की र महाअभियानका पदाधिकारीबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारमा मंसिर २२ गते छलफल भएको थियो । 

छलफलमा पुस २ गते अर्को बैठक बस्ने सहमति भएको थियो । 

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप