११ जना केन्द्रीय सदस्य निर्विरोध
सारांश
- नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
- लुम्बिनी प्रदेशबाट महिला र मधेशी क्लस्टरतर्फका युवा सदस्यहरू निर्विरोध निर्वाचित भए।
- अनुशासन आयोग, लेखा आयोगका अध्यक्ष र पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भए, तर निर्वाचनको औपचारिक घोषणा बाँकी छ।
काठमाडौँ। नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार विभिन्न समूहमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिला केन्द्रीय सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था अनुसार तीनै जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएका हुन् ।
यस्तै मधेशी क्लस्टरतर्फ युवामा अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्।
समावेशी समूहअन्तर्गत मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन् । पिछडिएको क्षेत्र महिलातर्फ वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे तथा ४० वर्षमुनिको युवा केन्द्रीय सदस्यतर्फ नरेश रोकाया र सुशिलकुमार थापा पनि निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्रा।डा। भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा। राजेन्द्र घिमिरेको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित हुँदा २२ जना सदस्यमा भने ३२ जनाको उम्मेदवारी परेको । लेखा आयोगको अध्यक्षमा डा। पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध भएका छन् । यद्यपि, निर्वाचन आयोगले उनीहरूको औपचारिक घोषणा गर्न भने बाँकी रहेको जनाएको छ ।
आयोगका अध्यक्ष डा। विजय सुब्बाद्वारा जारी प्रारम्भिक सूचीअनुसार अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने भएको छ। शक्तिशाली मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे चुनावी मैदानमा छन् ।
विधान अनुसार पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् भने तीन जना निर्वाचित हुने उपमहासचिव पदमा छ जनाको उम्मेदवारी परेको छ। सबैभन्दा बढी प्रतिस्पर्धा सचिव पदमा देखिएको छ, जहाँ नौ सिटका लागि २० जना नेताहरू मैदानमा उत्रिएका छन्। सचिव पदका उम्मेदवारहरूमा गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राईलगायत रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण