दक्षिण अफ्रिकाविरुद्धको टी–ट्वान्टी टिमबाट अक्षर बाहिरिए, शाहबाज टोलीमा
सारांश
- अक्षर पटेल दक्षिण अफ्रिकाविरुद्धको अन्तिम दुई टी-२० खेलबाट बाहिरिएका छन् र शाहबाज अहमदलाई टोलीमा समावेश गरिएको छ।
- अक्षर बिरामी भएका कारणले टिममा उपलब्ध नहुने बीसीसीआईले जनाएको छ, जसका कारण उनले धर्मशालामा भएको तेस्रो टी-२० खेल पनि गुमाए।
- भारत र दक्षिण अफ्रिकाबीचको पाँच खेलको शृङ्खलामा भारत २-१ ले अगाडि छ, र अन्तिम खेल अहमदाबादमा हुनेछ।
काठमाडौँ । अक्षर पटेल दक्षिण अफ्रिकाविरुद्धको अन्तिम दुई टी–ट्वान्टी खेलबाट बाहिरिएका छन् । उनको स्थानमा शाहबाज अहमदलाई टोलीमा समावेश गरिएको छ ।
बिरामी भएका कारण अक्षण टिममा उपलब्ध नहुने बीसीसीआईले जानकारी दिएको छ । अक्षरले धर्मशालामा भएको तेस्रो टी–ट्वान्टी खेल पनि गुमाएका थिए । जसप्रीत बुमराह पनि व्यक्तिगत कारणले उक्त खेलमा उपलब्ध थिएनन् । भारतले उनीहरूको स्थानमा कुलदीप यादव र हर्षित राणालाई खेलाएको थियो ।
पहिलो दुई खेलमा अक्षरको प्रदर्शन मिश्रित रह्यो । कटकमा उनले २१ बलमा २३ रन बनाएका थिए भने ७ रन खर्चेर २ विकेट लिएका थिए । उक्त खेल भारतले जितेको थियो ।
चण्डीगढमा उनले ३ ओभरमा २७ रन दिएर १ विकेट लिए । त्यसपछि, भारतले २१४ रनको लक्ष्य पछ्याउने क्रममा उनलाई तेस्रो नम्बरमा ब्याटिङका लागि पठाएको थियो । तर उनले २१ बलमा २१ रन मात्र बनाउन सके ।
शाहबाजले भारतका लागि ३ एकदिवसीय र २ टी–२० खेल खेलिसकेका छन् । उनले भारतका लागि अन्तिम पटक सन् २०२३ मा हाङझाउमा भएको एसियाली खेलकुदको फाइनलमा अफगानिस्तानविरुद्ध खेलेका थिए । जारी सैयद मुश्ताक अली ट्रफीमा उनको प्रदर्शन सामान्य रहेको छ । बंगालका लागि खेल्दै उनले ५ खेलमा १३३ दशमलव ३३ को स्ट्राइक रेटमा ६० रन मात्र बनाएका छन् भने ८ दशमलव २५ को इकोनोमीमा ४ विकेट लिएका छन् ।
लखनउमा हुने चौथो टी–ट्वान्टी पछि दुवै टोली अन्तिम खेलका लागि अहमदाबाद जानेछन् । पाँच खेलको शृङ्खलामा भारत अहिले २–१ ले अगाडि छ ।
अन्तिम दुई टी–ट्वान्टी का लागि भारतको टोलीः
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, जितेश शर्मा (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), जसप्रीत बुमराह, वरुण चक्रवर्ती, अर्शदीप सिंह, कुलदीप यादव, हर्षित राणा, वाशिङ्टन सुन्दर, शाहबाज अहमद ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण