‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी नभएकाे बताएका छन् । उनले यो शारीरिक रोगजस्तै उपचारयोग्य अवस्था रहेको बताए ।
सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’को सन्दर्भमा मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले पूर्णरूपमा स्वस्थ र आरोग्य जीवनका लागि शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको बताए ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिप्रति भेदभाव नगर्न र आफ्ना परिवारको मानसिक स्वास्थ्यको ख्याल गर्न उनले आग्रह गरे । सचिव डा. देवकोटाले भने, “यस अभियानलाई सफल बनाउन तीनै तहका सरकारलगायत सम्बन्धित सरोकारवाला निकाय सबैबाट सकृय सहभागिताको अत्यन्त आवश्यक छ । यो अभियानमा सबैले खुलेर कुरा गर्न, एक अर्कालाई सुन्न र सकृय सहभागिताकालागि आह्वान गर्दछु ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत मङ्सिर २४ देखि आगामी फागुन ३० सम्म ‘स्वास्थ्य मन, स्वास्थ्य जीवन–मनको कुरा गरौँ’ भन्ने नारासहित मानसिक स्वस्थ्य सचेतना अभियान सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण