पुस १३ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुने
काठमाडौं । चितवनको सौराहामा १९औं हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १३ गतेसम्म हुने महोत्सवमा हात्तीको शोभायात्रासहित विभिन्न प्रतियोगिता हुनेछन् ।
हात्ती महोत्सवले पर्यटकीय क्षेत्र चितवनको पर्यटकीय गतिविधिमा सहयोग पुग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी गराइने हात्तीलाई जिम्मेवार व्यवहारका लागि आयोजक समिति, चितवन राष्ट्रिय निकुञ्ज र पशु चिकित्सकहरुको सहकार्यमा कडा मापदण्ड लागु गरिने जनाइएको छ । महोत्सवमा धारिलो र हानिकारक उपकरणको प्रयोग पूर्णरुपमा निषेध गरिने आयोजकले बताएको छ ।

प्रतियोगिता अघि र पछि सबै हात्तीको स्वास्थ्य परीक्षणले पशु चिकित्सकहरुले गर्नेछन् । करिब ८० वटा हात्तीलाई विभिन्न प्रतियोगितामा सहभागी गराइनेछ । जसमा हात्तीको शोभा यात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीको श्रृंगार प्रतियोगिता, कार्यक्रम स्थलमा लाइभ हात्ती माउतेद्वारा हात्तीको स्केच, चकले हात्तीलाई श्रृंगारपटार, हात्तीको वनभोज लगायतका गतिविधि हुनेछन् । यस्तै हात्तीको स्वास्थ्य शिविर पनि आयोजना गरिनेछ ।
२०५५ सालबाट सुरु भएको हात्ती तथा पर्यटन महोत्सवले चितवनको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । महोत्सवको संरक्षक रत्ननगर नगरपालिका रहेको छ । महोत्सवको समयमा सौराहाका होटल तथा रेस्टुरेन्टले खाना र आवासमा १० प्रतिशत छुट दिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण