अपडेट
एमाले महाधिवेशन : ओली नआउँदा मतदानमा ढिलाइ
बुधबार, ०२ पुस २०८२, ०९ : ०४
सारांश
- नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानमा ढिलाइ भएको छ।
- बुधवार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि ९ बजेसम्म सुरु हुन सकेन।
- अध्यक्ष केपी शर्मा ओली मतदानस्थल आएपछि मात्र मतदान सुरु हुने बताइएको छ।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानमा बुधवार पनि विलम्ब भएको छ । बिहान ८ बजेदेखि मतदान हुने बताइए पनि ९ बजेसम्म पनि मतदान सुरु हुन नसकेको हो ।
अध्यक्ष केपी शर्मा ओली मतदानस्थल आएलगत्तै मतदान सुरु हुने बताइएको छ । यद्यपि बिहान ९ बजेसम्म ओली भृकुटीमण्डप पुगेका छैनन् ।
नेता कार्यकर्ता भने मतदानको लागि लाइन लागेका छन् । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने मतदान स्थल पुगिसकेका छन् ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण