सभ्यताहरूभित्रको झडप
सारांश
- लेखले हन्टिङ्टनको सभ्यताको सिद्धान्तबारे चर्चा गर्छ, जसले विश्वलाई विभिन्न सभ्यताहरूमा विभाजन गरेको थियो र तीबीच द्वन्द्व हुने भविष्यवाणी गरेको थियो।
- लेखले हालका द्वन्द्वहरू सभ्यताहरूभित्रै भइरहेको देखाउँछ, जस्तै युक्रेन र सुडानमा भएका घटनाहरू, जसले हन्टिङ्टनको भविष्यवाणीलाई गलत साबित गर्छ।
- लेखले हन्टिङ्टनको विचारको समीक्षा गर्दै, आजको विश्वमा द्वन्द्वको प्रकृति र कारणहरूलाई बुझ्न आवश्यक रहेको बताउँछ।
सन् २००८ मा स्यामुयल पी. हन्टिङ्ग्टन बिते । त्यसबेला इराक र अफगानिस्तानको युद्धमा अमेरिका अल्झेको पनि लामो समय भइसकेको थियो । कसैले उनको टिप्पणी मागेको भए समग्र घटनाहरूलाई नियाल्दै उनले पक्कै भन्ने थिए, ‘देख्यौ ? मैले भनेकै थिएँ नि !’
त्यसबेलाको हिंसा पश्चिमा र इस्लामी जगतबिच चलिरहेको थियो र उनको धारणा सत्य साबित भएजस्तो देखिन्थ्यो ।
हार्वर्ड विश्वविद्यालयका विद्वान हन्टिङ्ग्टनले कुनै समय विश्वलाई सभ्यताहरूमा विभाजन गरेर प्रस्तुत गरेका थिए । ती सभ्यताहरू बिच आपसमा भिडन्त हुने उनको भविष्यवाणी थियो । २१औँ शताब्दीको सुरुवातमा उनलाई करिब–करिब ‘भविष्यवेत्ता’ जस्तै रूपमा उल्लेख गर्न थालिएको थियो ।
कसैको पनि मृत्युलाई लिएर ठट्टा गर्नु गलत हुन्छ । त्यसैले उनी बेलैमा बितेछन् भन्न मिल्दैन । उनी बाँचिरहेको भए पक्कै पनि उनले आफ्नो बुझाई गलत भएको आफ्नै आँखाले देख्थे होला । जस्तो, अर्का दुःखी विद्वान फ्रान्सिस फुकुयामाले अहिले भोगिरहेका छन् । अहिलेका सबै प्रमुख द्वन्द्व सभ्यताहरूभित्रै चलिरहेका छन् । सभ्यताहरूको बिचमा चलेका छैनन् ।
‘सभ्यता’ शब्दको प्रयोग व्यापक छ । सायद इतिहासमा यति धेरै बिरलै भएको होला । जस्तो अमेरिकी सरकार अहिले युरोपले आफ्नो ‘सभ्यता गुमाउँदै’ गरेको कुरा भन्छ । तर यति धेरै प्रयोगका बाबजुद पनि सभ्यता शब्दले केही पनि परिभाषित गरेको भेटिन्न ।
धर्तीकै सबैभन्दा डरलाग्दो द्वन्द्व बन्ने बाटोमा लागेको सुडानको युद्ध पनि कुनै फरक धार्मिक वा सांस्कृतिक समूहबिचको लडाइँ होइन ।
संसारका तनावग्रस्त क्षेत्रहरू नै हेरौँ । युक्रेनमा चलिरहेको युद्ध ‘अर्थोडक्स’ इसाई सभ्यताभित्रकै द्वन्द्व हो । कम्तीमा पनि हन्टिङ्ग्टनको वर्गीकरण अनुसार दुवै पक्ष एउटै सभ्यतामा पर्छन् । बेला–बेला देखा पर्ने गरेको चीन र ताइवानबिचको तनाव पनि समान सांस्कृतिक इकाई भित्रकै द्वन्द्व हो । हन्टिङ्ग्टनले त्यसलाई ‘सिनोस्फेयर’ भनेका छन् ।
धर्तीकै सबैभन्दा डरलाग्दो द्वन्द्व बन्ने बाटोमा लागेको सुडानको युद्ध पनि कुनै फरक धार्मिक वा सांस्कृतिक समूहबिचको लडाइँ होइन । त्यो द्वन्द्वमा फरक पक्षलाई बाहिरबाट सघाइरहेका भनिएका इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) पनि फरक सभ्यताका होइनन् । उनीहरू पनि इस्लामी जगतमै पर्छन् ।
झट्ट हेर्दा इजरायल–प्यालेस्टाइन मुद्दाचाहिँ सभ्यताबिचको द्वन्द्वजस्तो देखिन्छ, तर यो आम प्रवृत्ति नभएर अपवाद हो । यसमा भने सभ्यताहरू बिचको द्वन्द्व जोडेर हेर्न सकिने अवस्था छ । खासमा भन्ने हो भने यो द्वन्द्वमा बाहिरका मानिसको धेरै चासो हुनुको पछाडि पनि यही कारण हुन सक्छ । उनीहरू यसलाई स्थापित सिद्धान्त ठ्याक्कै मिलेको जस्तो गरेर हेर्न पाउँछन् । उनीहरूलाई यो द्वन्द्वचाहिँ हन्टिङ्ग्टनले भनेजस्तै लाग्छ ।
तर आजको संसारमा सम्भावित तनावका कमजोर कडी (फल्ट लाइन)हरू त्यति सजिलै परिभाषित गर्न सकिने खालका छैनन् । हन्टिङ्ग्टनको एउटा कुख्यात दाबी छ, जस अनुसार इस्लाम जगतका बाह्य सिमानाहरू ‘रक्तपातपूर्ण’ छन् । उनका अनुसार, जहाँ इस्लाम जगतको बाह्य सीमाले छुन्छ, त्यहाँ झमेला सुरु हुन्छ, तर विगत दशकको अनुभवले त्यस्तो देखाउँदैन । इस्लाम राष्ट्रहरूको निशानामा अन्य इस्लाम राष्ट्र नै देखिएका छन् ।
सिरियाको कथा पनि यसैमा थप्न सकिन्छ । त्यस अघिको ‘अरब स्प्रिङ्ग’ पनि त्यस्तै प्रकृतिको हो । यी सबै उदाहरण हेर्दा हामी अहिलेका भयानक ‘रक्तपातपूर्ण’ लडाइँ सभ्यताहरू बिच नभएर सभ्यताहरू भित्रै हुने गरेको पाउँछौँ ।
यसको उदाहरणका रूपमा इरान र साउदी अरबबिचको छद्म युद्धलाई हेर्न सकिन्छ । अथवा इजिप्ट तथा अन्य तीन वटा खाडी राष्ट्रले कतारमा लगाएको नाकाबन्दीलाई लिन सकिन्छ । यमनमा चलिरहेको द्वन्द्वलाई पनि हेर्न सकिन्छ, जहाँ साउदी अरबको समर्थन रहेको सरकारविरुद्धको कारबाहीमा संयुक्त अरब इमिरेट्स (युएई) समर्थित विद्रोही समूहले गत हप्ता उल्लेख्य सफलता हात पारेको छ ।
सिरियाको कथा पनि यसैमा थप्न सकिन्छ । त्यस अघिको ‘अरब स्प्रिङ्ग’ पनि त्यस्तै प्रकृतिको हो । यी सबै उदाहरण हेर्दा हामी अहिलेका भयानक ‘रक्तपातपूर्ण’ लडाइँ सभ्यताहरू बिच नभएर सभ्यताहरू भित्रै हुने गरेको पाउँछौँ ।
कसको बिचमा द्वन्द्व हुन्छ भन्ने अनुमान गर्ने आधारका रूपमा सभ्यतालाई नै लिने हो भने त्यसले कुनै काम लाग्ने व्याख्या दिन सक्दैन । आपसमा कसले सहकार्य गर्छन् भन्ने व्याख्या गर्ने आधारको रूपमा त सभ्यता झनै खराब छ । पश्चिमा उदारवादीहरूको टाउको दुखाई बन्न पुगेको अहिलेको संसारको सबैभन्दा ठुलो विषय रुस र चीनबिच भएको सम्झौता हो ।
यो सभ्यताभित्र नभएर अन्तर–सभ्यता गरिएको सम्झौता हो । हन्टिङ्ग्टनले सभ्यताको सबैभन्दा महत्त्वपूर्ण हिस्साका रूपमा धर्मलाई लिएका छन् । यसरी हेर्दा खासमा युरोपेली संघ (ईयु) को सम्बन्ध रुसमैत्री ठानिएका आफ्नै सदस्य राष्ट्र एवं इसाई मुलुकसँग भन्दा बौद्ध धर्म मान्ने जापानसँग धेरै राम्रो छ ।
उत्तर कोरिया र दक्षिण कोरिया सभ्यता तथा जातीयताको हिसाबले एउटै परिवारमा पर्छन् । उनीहरूबिचको तिक्तता उल्लेखनीय छ । कानुनी रूपमा त यी दुई मुलुक अहिले पनि युद्धमै छन् । तिनका भूराजनीतिक साझेदारहरू आपसमा नितान्त पृथक सभ्यताका देखिन्छन् । कोरियाली प्रायद्वीपको अनुभव अनुसार कुनै पनि देशको विदेश नीति प्राचिन सांकृतिक पहिचानको आधारमा नभएर तत्कालीन अनुभवको आधारमा निर्धारित हुने देखिन्छ ।
आजको अमेरिकी अडानको हकमा पनि विषय उस्तै देखिन्छ । अमेरिकाले युरोपलाई पश्चिमा मान्न छोडेर अब रुस र साउदी अरबसँग हातेमालो गर्ने बाटो लिन खोजेको छ । तानशाही तथा अधिनायकवादको आलोचना गरेर नथाक्नेहरू पनि यही बाटोमा देखिन्छन् । पश्चिमा जगतलाई विशिष्ट र विशेष प्रकारको सभ्यताका रूपमा व्याख्या गर्नेहरू यो मामलाको व्यवहारमा सबैभन्दा बढी ढोंगी देखिन्छन् ।
जबकि धेरै बुद्धिमान, असल वा बढी सम्मानित ठानिएका व्यक्तिहरूले स्पष्ट रूपमा ठम्याउन सकेका थिएनन्, अर्थात् भनौँ– ‘सर्पको खुट्टा सर्पले देख्छ’ ।
त्यसो भए हन्टिङ्ग्टनले कसरी त्यस्तो गलत बुझे होला त ? द्वन्द्वलाई बुझ्न आफैँले नजिकैबाट केही न केही भोगेको हुनुपर्छ । मानिसले कसरी व्यवहार गर्छन् भन्ने बुझेको हुनुपर्छ । यसै कारण हुन सक्छ कि युद्धपिपासु विन्स्टन चर्चिल तथा उपनिवेशको प्रहरी अधिकारीका रूपमा काम गरेका जर्ज अर्वेल जस्ता व्यक्तिले सन् १९३०को दशकका तानाशाहहरूको वास्तविक प्रकृति सजिलै चिन्न सके ।
जबकि धेरै बुद्धिमान, असल वा बढी सम्मानित ठानिएका व्यक्तिहरूले स्पष्ट रूपमा ठम्याउन सकेका थिएनन्, अर्थात् भनौँ– ‘सर्पको खुट्टा सर्पले देख्छ’ ।
सम्भवतः उच्च वर्गीय पृष्ठभूमि भएका हन्टिङ्ग्टन भविष्यका युद्धहरू कसरी अगाडि बढ्छन् भन्ने भविष्यवाणी गर्नका लागि उपयुक्त व्यक्ति थिएनन् कि ! राजनीतिमा जताततै व्याप्त एउटा यथार्थ छ: अतिवादीहरूले प्रायः टाढाका शत्रुहरूलाई भन्दा पनि उनीहरूसँग थोरैमात्र फरक मानिसहरूलाई बेसी घृणा गर्छन् । हन्टिङ्ग्टन यो कुरामा छुटेको अनुभव हुन्छ ।
झट्ट हेर्दा हामीलाई एक अर्कोमा धेरै फरक मान्यता राख्नेहरू द्वन्द्वमा पुग्छन् भन्ने लाग्छ, तर सामान्यतः त्यस्तो हुँदैन । विद्यमान प्रणालीबारे त्यहीभित्र रहेर शङ्का गर्नेहरू, स्थापित समूह छोड्ने, विद्यमान धर्म वा विश्वास परित्याग गर्ने मानिसहरू तथा आफूलाई थोरै भिन्न बनाउने मानिस नै सबैभन्दा कठोर आक्रमणको निशानामा पर्ने गर्छन् । तपाईंको संसारभन्दा पूर्ण रूपमा बाहिरको व्यक्तिलाई बेवास्ता गर्न सजिलो हुन्छ ।
तर भित्रबाट अलिकति पनि असहमत हुने व्यक्तिलाई असह्य रूपमा लिइन्छ । सम्झनुहोस् त ! कसरी आफूलाई ‘जागृत’ ठान्ने अभियन्ताहरूले जे. के. रोलिङजस्ता सामान्य उदारवादीलाई खारेज गर्ने प्रयासमा बढी ध्यान लगाएका थिए, तर उनीहरूले बिरलैमात्रै अन्तर्क्रिया गरेका उग्र–दक्षिणपन्थी व्यक्तिहरूको आलोचनामा त्यसरी केन्द्रित नै भएनन् । उनीहरूलाई आफ्नै निकटतमको आलोचनामा धेरै रुचि थियो ।
मानिसले सन् २००१ को सेप्टेम्बर ११मा भएका आतंकवादी हमलाहरूलाई २१औँ शताब्दीका मौलिक द्वन्द्वको सुरुवात ठानेका थिए, तर आजको दिनमा फर्केर हेर्दा यो शताब्दीको खास ट्रेलर त सेप्टेम्बर ११ भन्दा पनि त्यसको सात वर्षपछि पुटिनले जर्जियामा गरेको आक्रमण रहेछ ।
यही सिद्धान्तलाई मुलुकहरूको स्तरमा पनि लागु गरेर हेर्न मिल्छ । त्यसपछि तपाईंले सन् २०२५ को संसारको केही भेउ पाउन सक्नुहुन्छ, जहाँ यथास्थितिमा थोरै विचलन छ, द्वन्द्वहरू त्यहीँ छन् । मसिना भिन्नताहरूमा द्वन्द्व देखिन्छ । अर्थोडक्स समाज भएको पश्चिमा युक्रेन, सांस्कृतिक रूपमा चिनियाँ तर लोकतान्त्रिक ताइवान तथा इस्लाम जगतमा पनि यही सिद्धान्त लागु हुन्छ । तत्काल हिंसा हुने नदेखिए पनि अमेरिकी लोकप्रियतावादीहरूबाट युरोपप्रति देखाइएको आक्रामक व्यवहारहरू पनि त्यस्तै मसिना भिन्नताहरूको आधारमा हुने घृणाका उदाहरण हुन् ।
मानिसले सन् २००१ को सेप्टेम्बर ११मा भएका आतंकवादी हमलाहरूलाई २१औँ शताब्दीका मौलिक द्वन्द्वको सुरुवात ठानेका थिए, तर आजको दिनमा फर्केर हेर्दा यो शताब्दीको खास ट्रेलर त सेप्टेम्बर ११ भन्दा पनि त्यसको सात वर्षपछि पुटिनले जर्जियामा गरेको आक्रमण रहेछ ।
पश्चिमतिर ढल्किरहेको पूर्वसोभियत मुलुकमा भएको आक्रमणचाहिँ नयाँ द्वन्द्वको स्वरूप रहेछ । त्यो आक्रमणले द्वन्द्व एउटै सभ्यताभित्र हुन सक्छ भन्ने देखायो । साझा धर्म वा संस्कृतिले आपसमा शान्ति कायम गराउने तत्त्वको रूपमा काम नगर्ने रहेछ भन्ने देखायो ।
हामीले त्यो शिक्षालाई त्यहीबेला गम्भीरतासाथ लिन सकेनौँ । किनभने त्यसबेला पश्चिमा जगत अर्को ठुलो बैंक तथा वित्त क्षेत्रको सङ्कटको भुमरीमा परेको थियो । आज हामी बुझ्न थालेका छौँ । अझै ढिलो भइसकेको छैन । हामी अझै सिक्न सक्छौँ । भविष्यमा पनि हामीसँग ती घटनाहरूबारे पुनः सिकाइका धेरै अवसर हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण