एमाले महाधिवेशन
ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो
हालसम्म १६० जना प्रतिनिधिले गरे मतदान
बुधबार, ०२ पुस २०८२, १० : ३६
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भइरहेको छ।
- बिहान साढे १० बजेसम्म १६० जना प्रतिनिधिले मतदान गरिसकेका छन्।
- अध्यक्ष पदका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मेसिनबाट मतदान गरे।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि बुधबार मतदान जारी रहेको छ ।
बिहान साढे १० बजेसम्म १६० जना प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका सानुराजा पोखरेलले रातोपाटीलाई जानकारी दिए । महाधिवेशनमा कूल २ हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।
यसअघि, पार्टीको अध्यक्ष पदका प्रत्याशी रहेका केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मेसिनबाट पहिलो मतदान गरेका थिए ।
आयोगका अनुसार दुवैलाई मतदान गर्न करिब ५५ मिनेट समय लागेको थियो ।
‘केही प्रतिनिधिले छिटोमा २५ मिनेटमा नै मतदान गरेका छन्,’ पोखरेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण