मधेसका नवनियुक्त मन्त्री पटेलले गरे पदभार ग्रहण
सारांश
- नवनियुक्त मन्त्री कनिस पटेलले युवाहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने बताए।
- उनले युवा उद्यमीहरूलाई विशेष छुट दिने र पुरस्कृत गर्ने योजना बनाएका छन्।
- मन्त्री पटेलले धार्मिक पर्यटनको विकासका लागि संघ सरकारसँग समन्वय गर्ने बताए।
जनकपुरधाम । मधेसका नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेलले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान पदभार ग्रहण गर्दै मन्त्री पटेलले मधेसका युवाहरूलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउनु आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् ।
जेनजी आन्दोलनको मर्म र भावनालाई बुझ्दै यो मन्त्रालयबाट युवाहरूले सुरु गर्न लागेको व्यवसायमा विशेष प्रकारको छुटको व्यवस्था गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । युवा उद्यमीहरूलाई पुरस्कृत गर्ने आफ्नो योजना समेत रहेको उनले बताए । यसका साथै सङ्घ सरकारसँग समन्वय गरेर धार्मिक पर्यटनको विकासका लागि योजना अगाडि बढाइने उनले बताए ।
मधेसको विकासका लागि उद्योग वाणिज्य तथा पर्यटन क्षेत्रको विकासका लागि चलिरहेका योजनाहरूलाई तीव्रताका साथ अगाडि बढाउने मन्त्री पटेलले बताए । उनले चलिरहेका योजनाहरूलाई चालु आर्थिक वर्षमा सम्पन्न गर्नु समेत आफ्नो लक्ष्य हुने उनको भनाइ थियो ।
गत मङ्सिर २१ गते कृष्ण यादवले मधेसको मुख्यमन्त्री पदको शपथ लिँदा पटेल पनि विना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका थियो । तर मुख्यमन्त्री यादवले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पटेललाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण